नागरिक रैबार/बाजुरा २४ भदौ।जिल्ला प्रहरी कार्यालय बाजुराले बाजुरामा ३ वर्षमा ३९ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मंगलबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बडीमालिका नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रहरीले आत्महत्या गर्नेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
प्रहरीको तथ्याङ्क अनुसार ३ वर्षमा बाजुुुरामा आत्महत्या गर्ने २० जना पुरुष छन् भने १९ जना महिला रहेका छन् । यी मध्ये आत्महत्या गर्ने अधिकाँस १६ देखि ३६ वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये १६ वर्ष मुनिका ६ जना बालवालिकाले आत्महत्या गरेका छन् ।
प्रहरीको ३ वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्याको दर बढ्दै गएको छ । यस अवधिमा ३४ जनाले झुण्डी आत्महत्या गरेको देखिन्छ भने अन्य ५ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष ०७३ र ७४ मा १३, आव ०७४ र ७५ मा १० र ०७५ र ७६ मा ११ र आव ०७६ र ७७ मा ५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताएका छन् ।
गरिबी, बेरोजगारी, अशिक्षा, तनाब, घरायसी समस्या, नकरात्मक सोच, माया–प्रेममा असफल र पछिल्लो समय सामाजिक संजाल जस्ता कारणले पनि बाजुरामा आत्महत्याका घटनाहरु वृद्धि हुँदै गएको छ निरिक्षक ढुगांनाले भने ।
फेसबुक प्रतिक्रियाहरु