होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • साउदी अदालतद्वारा एक नेपालीको टाउको काटेर २४ घण्टा झुन्डाउन आदेश
Uncategorized

साउदी अदालतद्वारा एक नेपालीको टाउको काटेर २४ घण्टा झुन्डाउन आदेश

  • नागरिक रैबार
साउदी अदालतद्वारा एक नेपालीको टाउको काटेर २४ घण्टा झुन्डाउन आदेश

बैशाख २२, २०७६

रोजगारीको सिलसिलामा साउदीअरब पुगेका धनुषा जिल्लाका उमेश यादवलाई टाउको काटेर २४ घण्टा झुन्डाउने साउदी अदालतले आदेश दिएको चार वर्ष भइसकेको छ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा त्यहाँका स्थानीय अदालतले यादवलाई मृत्युदण्डको सजायँ सुनाएको हो ।

फैसला गरेको चार वर्ष भइसकेकाले जुनसुकै बेला कार्यान्वयन हुनसक्ने हुनाले ,उनलाई बचाउनको लागि नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यही कारण फैसला कार्यान्वयन अहिलेसम्म रोकिएको छ । जसले गर्दा उनलाई बाँच्ने आश पनि जगाएको छ । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन् ,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् ।

विज्ञापन

त्यस्तै केङु–९, पर्वतका शान्तबहादुर पुन पनि हत्याकै अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन्। उनी साउदी र जोर्डनको सीमा जोडिएको गुरियता जेलमा छन्। बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए।अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो।,‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं । सम्भवतः आममाफीमा जान्छ होला ।’उनले भने ।

जेलमै काम गरेर परिवार धान्दै आएका पुन भने केही भए पनि निर्णय गर्नुपर्ने अडानमा छन्। ‘कि मलाई मृत्युदण्ड दिनुपर्‍यो। मर्न तयार छु,’ पुन भन्छन्, ‘होइन भने आममाफी दिनुपर्‍यो। अब थप लामो समय पर्खन सक्दिनँ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार