होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • फिल्म फ्लपका फ्लप, डिमान्ड दुई लाख
सेलिब्रेटी

फिल्म फ्लपका फ्लप, डिमान्ड दुई लाख

  • नागरिक रैबार
फिल्म फ्लपका फ्लप, डिमान्ड दुई लाख

बैशाख २२, २०७६

नम्रता श्रेष्ठले दुई लाख पारिश्रमिक डिमान्ड गरेको खबर छ । यसो हुँदा निर्माताहरुका लागि खुसीको खबर बन्न सक्थ्यो, यो रकम । हो, उनले पैसा त त्यति नै मागेकी हुन् तर फिल्मका लागि हैन, म्युजिक भिडियोका लागि । हालसालै बजारमा चलेको हल्ला अनुसार उनले म्युजिक भिडियोमा अभिनयको प्रस्ताव लिएर गएका एक गायकलाई दुई लाख पाए मात्र अभिनय गर्ने जवाफ दिएर पठाएकी छन् । नम्रताको डिमान्ड सुनेपछि गायक रातोपिरो भएर केही नबोली फर्किएको खबर छ ।
साँच्ची भन्नु पर्दा नम्रता हिजोआज कामविहीन छिन् । कामभन्दा ज्यादा प्रेममा ध्यान दिएपछि धेरै निर्माताले नम्रतालाई फिल्ममा लिनै डराउन थालेका छन् । त्यसमाथि चर्को पारिश्रमिक र प्रेमी दावा स्टिभन शेर्पाको पनि खर्च बेहोर्नुपर्ने भएपछि निर्मातालाई नम्रता जिराफको घाँटी बन्न थालेकी छन् ।
आफ्नो मोल राख्न त जो कोहीले पाउँछ । नम्रतालाई पनि छुट छ । चाँडै नम्रता पनि निर्माता बन्न लागेकी छन् । त्यतिबेला हेर्नु छ, उनले अरुको मोल भने कसरी तोक्लिन् ?

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार