होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सल्लेना बासीहरुको उज्यालोमा बस्ने धोको पुरा हुँदै
Breaking News

सल्लेना बासीहरुको उज्यालोमा बस्ने धोको पुरा हुँदै

बिद्युत परिक्षण गरियो

  • नागरिक रैबार
सल्लेना बासीहरुको उज्यालोमा बस्ने धोको पुरा हुँदै
फायल तस्विर
राम बहादुर दानी/ बाजुरा २३ कार्तिक। २०७६ बिकासले फट्को मारेको लामो समय भैसक्दा पनि झरोको माद्यामबाट उज्यालो गुहारी रहेका बढिमालिका नगरपालिका वडा नंं १ सल्लेनामा केहि समय पछि बत्ती बल्ने भएको छ ।
बिगत २०६८ साल देखी लामो समय सम्म पनि ठेकेदारहरुको लापर्वाही गरेकोले सो ठाँउमा बिद्युत लाइन बिस्तार हुन नसेकोले त्यस क्षेत्रका बासिन्दाहरुले झरो वालेर अँध्यारो रात संग संर्घष गरि रहेका थिए । वडा अध्यक्ष राम बहादुर कार्कीको परामर्षमा नेपाल बिद्युत प्राधिकरण अछाम साँफेले समान उपलब्ध गराएर यस बर्ष मात्र बिद्युत लाईन बिस्तार भएको छ ।
शुक्रबार मात्र सल्लेनामा बत्तिको परिक्षण लाईन छोडिएको थियो तर ट्रान्सफर्मरले काम नगरेकोले वत्ती बल्न केहि समय लाग्ने वडा अध्यक्ष कार्कीको भनई रहेको छ । 
वडा नंम्बर १ नुवाकोटमा रहेको ट्रान्सफर्मरले नुवाकोट, पिनालेख,पाटा र सल्लेनामा विद्युत शक्ती धान्न नसक्ने भएकोले सल्लेनाका लागी छट्टै ट्रान्सफर्मरको आवश्यकता भएकोले वडा अध्यक्ष कार्कीको परामर्षमा बिद्युत प्राधिकरण साँफे अछामसंग समन्वय गरी एक हप्ता भित्रै नयाँ ट्रान्सफर्मर उपलब्ध गराई सो क्षेत्रका बासिन्दाहरुलाई उज्यालोमा बस्ने सपना साकार पार्ने वडा अध्यक्ष कार्कीको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै