काठमाडौं, साउन २४ । मुलुकभर शुक्रबारको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
मौसमविदका अनुसार चट्याङ पर्दा यसबाट बच्न ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् :
सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने
घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने
पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने
अग्लो ठाउँमा नजाने
खुला चौरमा भएमा घोप्टो परेर बस्ने
रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने
कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने
फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुने
फेसबुक प्रतिक्रियाहरु