होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा असार ३० गते हाफ म्याराथुन हुने
समाचार

कञ्चनपुरमा असार ३० गते हाफ म्याराथुन हुने

  • नागरिक रैबार
कञ्चनपुरमा असार ३० गते हाफ म्याराथुन हुने

कञ्चनपुरमा असार ३० गते हाफ म्याराथुन प्रतियोगिता हुने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको १० लाख बजेटमा क्षेत्रीय खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गर्ने भएको हो। कञ्चनपुरको महेन्द्रनगरमा असार ३० गते हुने हाफ म्याराथुनमा महिला र पुरुषको छुट्टा–छुट्टै प्रतियोगिता हुने आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ। प्रतियोगितामा प्रथम हुनेले एक÷एक लाख नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा छैठौ सम्मलाई पुरस्कारको व्यवस्था गरिएको छ।  द्धितियलाई ६० हजार, तृतियलाई ४० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार र छैठौलाई १० हजार पुरस्कार दिइने आयोजक सुदूरपश्चिमाअञ्चल क्षेत्रीय खेलकुद विकास समितिले धनगढीले जनाएको छ।
पुरस्कारमा मात्र पाँच लाख खर्च हुने सुदूरपश्चिमाअञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले बताए। प्रतियोगितामा नेपालको जुनसुकै क्षेत्रका धावकहरुले पनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार