होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • कैलालीको लम्कीमा सडक खुल्यो, स्थानीयले विरोध कार्यक्रम फिर्ता
प्रदेश ७

कैलालीको लम्कीमा सडक खुल्यो, स्थानीयले विरोध कार्यक्रम फिर्ता

  • नागरिक रैबार
कैलालीको लम्कीमा सडक खुल्यो, स्थानीयले विरोध कार्यक्रम फिर्ता

१७ वैशाख, कैलाली

दोषीलाई कानुनबमोजिम कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि कैलालीको लम्कीमा बन्द पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन भएको छ ।

ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यययनरत छात्रा २३ वर्षीया सुनीता रावलको मृत्यु भएको थियो । मृतकको परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्ने सहमतिपछि स्थानीयले विरोध कार्यक्रम फिर्ता लिएका हुन् ।

विज्ञापन

कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले उक्त सहमतिपछि राजमार्गमा यातायात सञ्चालन भएको जानकारी दिए ।

मंगलबार ट्रकको ठक्करबाट रावलको ज्यान गएपछि स्थानीयले लम्कीबजारमा प्रदर्शन गर्दैै सडक अवरुद्ध पारेका थिए । प्रदर्शनकारीले हानेको ढुंगा लागेर सातजना प्रहरी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार