१८ वैशाख, काठमाडौं
यौनपिपासु मान्छेहरुले जनावरमाथि पनि अत्याचार गर्न छाड्दैनन् । तर पाप धुरीबाट कराउँछ भनेझैँ त्यस्ता मानिसहरुले सजाय पनि पाउँछन् ढिलो चाँडो ।
कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर सजाय पाएका छन् ।
आरोपीहरुले घोडा, बाख्रा, गाई तथा कुकुरलगायतका जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा उनीहरुलाई २० देखि ४१ वर्षसम्मको सजाय सुनाइएको छ ।
समाचार अनुसार ३१ वर्षका म्याथ्यू ब्रुबेकर, ३४ वर्षका मार्क मिसनिकोफ र ४१ वर्षका टेरी वालेसले अमेरिकाको पेनसिल्भानियास्थित क्लिअरफिल्ड काउन्टीमा यस्तो अपराध गरेका हुन् ।
अदालतमा उनीहरुले जनावरमाथि आफूहरुले यौन क्रियाकलाप गरेको स्वीकारेका छन् । तिनै जनाले गरेर जनावरहरुसँग १ हजारभन्दा धेरैपटक यौनक्रिडा गरेको बताइएको छ । उनीहरुले फार्ममा पालिएका जनावरहरुमाथि घिनलाग्दो काम गरेका रहेछन् । उनीहरुमाथि जनावरसँग सेक्स, जनावरमाथि हिंसा तथा बच्चाहरुलाई अपराधमा सामेल गराएको अभियोगमा सजाय सुनाइएको हो ।
अनौठो त के भने ती अभियुक्तहरुले जनावरसँग यौनक्रिया गरेको भिडियोसमेत बनाएर बेच्ने गरेका थिए । जनावर अधिकारकर्मीहरुले यो घटना जनावरमाथि यौन हिंसाको सबैभन्दा खराब घटना रहेको बताएका छन् ।
एजेन्सी
फेसबुक प्रतिक्रियाहरु