होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा सत्ता कब्जाको बाटोमा: शेखर कोइराला
राजनीति

नेकपा सत्ता कब्जाको बाटोमा: शेखर कोइराला

  • नागरिक रैबार
नेकपा सत्ता कब्जाको बाटोमा: शेखर कोइराला

१८ वैशाख, हेटाैंडा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको बताएका छन्।

एक महिने राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको बताए।

‘सरकार बने यताका गतिविधि हेर्दा प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत गर्ने र सत्ता कब्जा गर्ने खालको देखिन्छ,’ उनले भने।

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेकोमा उनले आपत्ति जनाए।

संसदमा प्रतिपक्षीलाई बोल्न नदिएको तथा सभामुख कृष्णबहादुर महराले पनि प्रधानमन्त्रीकै पक्ष लिएको उनले आरोप लगाए।

उनले पार्टीको संगठन निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार