होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ‘विप्लव’ नेतृत्वका केन्द्रीय सदस्य सहीत १६ जना पक्राउ
Breaking News

‘विप्लव’ नेतृत्वका केन्द्रीय सदस्य सहीत १६ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘विप्लव’ नेतृत्वका केन्द्रीय सदस्य सहीत १६ जना पक्राउ

नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका आधारले इलाका प्रहरी कार्यालय घट्मुनाबाट खटी गएको टोलीले पक्राउ पारेको हो ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला गंगादेब गाउँपालिका–३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणी ओली, बाजुरा त्रिबेणी नगरपालिका–२ छताराको डम्म सुनार,अछाम जिल्लाको ढकारी गाउँपालिका–२ का नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने दिपक प्रकाश सुनार बाजुराको हिमाली गाउँपालिका–१ का अमलाल थापा, सोही ठाउँका धर्म बहादुर थापा,अछाम बिनायक नगरपालिका–८ बस्ने उदय कसेरा

विज्ञापन

अछामको.ढकारी गाउँपालिका–२ का राजेश कुमार शाही, सोही गाउँपालिका–७ बस्ने डबल बहादुर नेपाली,तुर्माखाद गाउँपालिका–८ बस्ने कृष्ण बि.क, बाजुरा हिमाली गाउँपालिका–१ बस्ने धरम सिंह बोहरा,.स्वामीकार्तिक गाउँपालिका–१ बस्ने कुस्मा बि.क.सोही गाउँपालिका– १ का अस्मिता बि.क.सोही ठाउँ बस्ने सुस्मिता बि.क., प्रहरीले अछाम ढकारी गाउँपालिका–२ बस्ने वर्ष १९ की कमला बि.क. र अछाम मष्टा गाउँपालिका–१ बस्ने १९ की सृष्टी सिंह रहेको भाटले जानकारी दिनुभएको छ ।  पक्राउ परेका १६ जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै