होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • क्यानडाका लागि नवनियुक्त राजदूत ढुंगानाले लिए शपथ
राजनीति

क्यानडाका लागि नवनियुक्त राजदूत ढुंगानाले लिए शपथ

  • नागरिक रैबार
क्यानडाका लागि नवनियुक्त राजदूत ढुंगानाले लिए शपथ

१८ वैशाख, हेटाैंडा

राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

विज्ञापन

राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गरेकी थिइन्। समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीलगायत उपस्थित थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार