होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • भ्रष्टाचार संस्थागत गर्नेले लोकतन्त्र संस्थागत गर्न सक्दैनन् : नेता पौडेल
राजनीति

भ्रष्टाचार संस्थागत गर्नेले लोकतन्त्र संस्थागत गर्न सक्दैनन् : नेता पौडेल

  • नागरिक रैबार
भ्रष्टाचार संस्थागत गर्नेले लोकतन्त्र संस्थागत गर्न सक्दैनन् : नेता पौडेल

१८ वैशाख, हेटाैंडा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

वर्तमान सरकार सत्ताको दुरुपयोग गरिरहेका कारण लोकतन्त्र नै खतरामा परेको आरोप लगाए।

विज्ञापन

जनकपुरधामबाट जनजागरण अभियानको उद्घाटन गर्दै पौडेलले नेकपा मात्र नभइ मधेशवादी दलहरूले पनि सत्ताको दुरुपयोग गर्नकै लागि राजनीति गरिरहेको आरोप लगाए।

वर्तमान सरकारविरूद्ध आक्रामक रूपमा प्रस्तुत भएका पौडेलले यो मुलुकमा अहिले भ्रष्टाचार संस्थागत भइरहेकोले लोकतन्त्र कुनै पनि हालतमा संस्थागत हुन नसक्ने दाबी गरे।

लोकतन्त्रलाई संस्थागत गर्नका लागि कम्युनिस्ट सरकारविरूद्ध नेपाली जनता जाग्नु आवश्यक रहेको उनको भनाइ थियो ।

पौडेलले विश्वको कुनै पनि ठाउँमा कम्युनिज्मले भलो नगरेको दाबी गर्दै नेपालमा पनि कम्युनिज्मले भलो गर्न नसक्ने दाबी गरे।

कम्युनिज्मले देशमा असुरक्षा, भोकमरी, अशान्ति जस्ता समस्यामात्रै निम्त्याएको उनको भनाइ थियो। जसको प्रत्यक्ष उदाहरण भेनेजुयला प्रकरण रहेको पौडेलले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेशवादी दलको आलोचना गर्न समेत समय खर्चेका थिए।

उनले भने,‘म मधेशवादी दलका नेताहरूलाई सोध्न चाहन्छु तपाईंहरू संविधान संशोधनको मुद्दा छोडेर किन केपी ओलीको चाकरीमा लाग्नु भएको छ ?’

उनले केपी ओली, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत सबै सत्ताको लोभी, अवसरवादी रहेको आरोप लगाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार