होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बैतडी पुगेर परराष्ट्र मन्त्री ज्ञवाली भने–झुलाघाटमा पक्की पुल बन्छ
पत्रपत्रिका

बैतडी पुगेर परराष्ट्र मन्त्री ज्ञवाली भने–झुलाघाटमा पक्की पुल बन्छ

  • नागरिक रैबार
बैतडी पुगेर परराष्ट्र मन्त्री ज्ञवाली भने–झुलाघाटमा पक्की पुल बन्छ

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले झुलाघाटमा पक्की पुल निर्माण हुने आश्वासन दिएका छन्। भ्रमण बर्षलाई लक्षित गर्दै बैतडीमा आयोजित राष्ट्र निर्माण महामहोत्सवको उद्वघाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो आश्वासन दिएका हुन्।  झुलाघाट नाकामा पक्की पुल निर्माणको लागी भारत सरकार सहमती नजिक रहेको बताउँदै उनले सहमती भएपछि पुल निर्माण हुने बताए।

बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशन भएको विषयमा आफु जानकार रहेको बताउँदै उनले भारतका विदेश मन्त्रीसंग पनि सो बारेमा छलफल भएको दावी गरे।  अर्को प्रसंगमा भारतीय नक्सामा नेपालको भूमी राखिएको भन्ने कुरा सञ्चारमाध्यमवाटै आफूले थाहा पाएको उनले बताए। कालापानी नेपालकै भएको बताउँदै उनले नक्सामा नेपाली भुमी राखिएकोमा कुटनितिक पहल मार्फत समस्या समाधान हुने बताए।

यसैबिच पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले परराष्ट्रमन्त्री ज्ञवालीलाई ७ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडी बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक पञ्चेश्वर बाधस्थलसम्म कालोपत्रे गर्नुपर्ने, पञ्चेश्वरस्थित महाकाली नदीमा झोलुंगे पुल निर्माण गर्नुपर्ने, छोटी भन्सार कार्यालय स्थापना हुनुपर्ने लगायतका ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाईएको हो। महामहोत्सव उद्घघाटनपछी परराष्ट्र मन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको बाधस्थलको पनि अनुगमन गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार