होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा चितुवाको आक्रमणवाट बालकको मृत्यु
समाचार

बैतडीमा चितुवाको आक्रमणवाट बालकको मृत्यु

  • नागरिक रैबार
बैतडीमा चितुवाको आक्रमणवाट बालकको मृत्यु

बैतडी, भाद्र-२१ । नरभंक्षी चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा शुक्रवार राती एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको हो । शुक्रवार बेलुका साढे ७ बजेतिर घरको आँगनमा खेलीरहेका बेला एक्कासी चितुवाले बालकमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

चितुवाले आक्रमण गरी बेपत्ता बनाएका बालकको राती १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जंगलमा बालकको शव क्षेतबिच्छेद अवस्थामा फेला परेको उहाँले बताउनुभयो । बालको शव परिक्षणको लागी पाटन प्राथमिक स्वास्थ्यकेन्द्र ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

यसैबिच चितुवाको आक्रमणबाट बालकको ज्यान गएको त्यस क्षेत्रका नागरिक त्रसित बनेका स्थानीय बिरेन्द्र महताले जानकारी दिनुभयो । यसैबिच त्यस क्षेत्रका नागरिक त्रसित बनेपछी थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट गएको वि स २०६८ सालयता २४ जनाको ज्यान गइसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार