होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • साईवर क्राईम सम्वन्धि एकदिने कार्यशाला गोष्ठी
बाजुरा बिशेष

साईवर क्राईम सम्वन्धि एकदिने कार्यशाला गोष्ठी

  • नागरिक रैबार
साईवर क्राईम सम्वन्धि एकदिने कार्यशाला गोष्ठी

रामबहादुर वि.क./बाजुरा २२ साउन। मार्तडीमा साईवर क्राईम सम्वन्धि एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनानमा उक्त कार्यक्रम मार्तडीमा गरिएको हो ।
बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका जनप्रतिनिधि नागरिक समाज, गैससका प्रतिनिधि, विद्यार्थी, पत्रकारहरुलाई साईवर क्राईम सम्वन्धि जानकारी गराईएको हो ।
साईवर क्राईम अन्तरगतका अपराधिक घटनाहरु देशमा एकदमै बढीरहेकाले बाजुरामा पनि सरोकारवाला नियकाहरुलाई जनचेतना गराउने उद्देश्यले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारका निजि सचिव विश्णु प्रसाद जैशीले बताएका छन् ।
विश्व समुदायमा जनताको विकास संगसगंै बाजुरामा पनि पछिल्लो समयमा साइवर क्राइम गतिविधी बढिरहेकाले यसलाई नियन्त्रण गर्नका लागि जनचेतना जगाईएको हो ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि प्रकाश शाहले प्रविधिको सदुपयोग भयो भने मानव जातिको प्रगति, उन्नति समाजमा शान्ति अमन चयन स्थायित्व प्राप्त हुने बताएका छन् ।
साथै उहाँले साईवर क्राईमको दुरुपयोग भयो भने समाजमा हिंसा , आतंक अराजक्ता , विसंगति लगाएतका कामहरु बृद्धि भएर समाजमा असर पर्ने बताए । मन्त्री शाहाले साइवर क्रायमले समाजमा शान्ती सुरक्षा अमन चयनका घट्नाहरु विश्वमा बढिरहेकाले यसको न्युनिकरणका लागी नजानेका शव्द सामाजिक संजालमा नलेख्न आग्रह गर्नु भएको छ । त्यस्तै बाजुराका प्रहरी निरिक्षक उद्धवसिह भाटले पनि सामाजिक संजाल तथा इन्टरनेटको माध्यमबाट विभिन्न कारण देखाई डर देखाउने हप्ने , धम्काउने , गलत कुरा फैलाउने बेइज्जत गर्ने हिनताबोध गराउने जस्ता क्रियाकलाप सामाजिक संजालमा नलेख्न आग्रह गनुभएको ।
त्यस्तै सरकारी वकिल कार्यालयका अधिवक्ता धर्मराज जोशीले कानुन र कारवाहीको बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा काननु मन्त्री प्रकाश शाह रहेका थिए भने कार्यक्रमको संचालन मन्त्रीका मुख्य स्वकीय सचिव जंग विकले गरेका थिए ।
कार्यक्रममा जिल्लाका जनप्रतिनिधि नागरिक समाज, गैससका प्रतिनिधि, विद्यार्थी, पत्रकारहरु लगायत ५० बढीको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै