होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • प्रथम ढम्कने आलु महोत्सव सुरु, कृषि मन्त्री चौधरीले गरिन उद्धघाटन
Breaking News

प्रथम ढम्कने आलु महोत्सव सुरु, कृषि मन्त्री चौधरीले गरिन उद्धघाटन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रथम ढम्कने आलु महोत्सव सुरु, कृषि मन्त्री चौधरीले गरिन उद्धघाटन

नागरिक रैबार/ बाजुरा २० कार्तिक ।  बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा आलु महोत्सव बुधबार देखी सूरू भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकी छन्। ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकाे आयोजकले जनाएको छ ।

स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको हो। कार्तिक २० गतेबाट संचालन भएको उक्त महोत्सवमा बिभिन्न स्थानीय देउडा राष्टिय तथा स्थानीय कलाकारहरूका प्रस्तुती समेत रहेको आयोजकले बताएको छ।

महोत्सवमा ढम्कने कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित आलु प्रदर्शनी आलुका ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुका विभिन्न परिकारहरु प्रदर्शनी गर्नेछ भने मेलालाई भव्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत बेजोड प्रस्तुति दिने आयोजकले बताएको छ। महोत्सव २२ गते सम्म लाग्ने आयोजकले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै