काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनले सोमबार प्रदेश प्रमुखहरुको नियुक्ति गरेकी हुन् ।
जसअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन् ।
नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण आज मंगलबार हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु