होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • निवर्तमान सभामुख महरा जेल चलान
राजनीति

निवर्तमान सभामुख महरा जेल चलान

  • नागरिक रैबार
निवर्तमान सभामुख महरा जेल चलान

काठमाण्डाै ।  अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडाैँमा साेमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेपछि अदालतले महरालाइ पूर्पक्षका लागि कारागार पठाएको हो । उनलाइ डिल्लीबजार कारागार पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल महरा पक्षका कानुन व्यवसायीको बहसपछि यस्तो आदेश सुनाएको हो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे ।

साेमबार महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधीस पाण्डेले अनुमति दिएनन् । बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ । अब महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारगार नै चलान गर्ने भन्नेबारेमा अदालतले फैसला गर्ने छ ।

विज्ञापन

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार करणी प्रयास गरेको अभियोगमा काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि