असार १७ सप्तरी । सप्तरीकी एक महिलाले प्रहरी हवल्दारले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले कुटेको बताइन् ।
जशोधियादेवी र कमलदेवबीच काकी-भतिजाको नाता छ । पत्रकार सम्मेलनको बेला उनका आँखा वरिपरि निलडाम देखिन्थे ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घटनाको छानबिन भइरहेको र यस सम्बन्धमा बुझ्नका लागि दुवै पक्षलाई बोलाइएको जानकारी दिएका छन् ।अनलाइनखबरबाट
फेसबुक प्रतिक्रियाहरु