होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जगन्नाथ गाउँपालिकामा टेलिफाेन सेवा सूचारु
Breaking News

जगन्नाथ गाउँपालिकामा टेलिफाेन सेवा सूचारु

  • नागरिक रैबार
जगन्नाथ गाउँपालिकामा टेलिफाेन सेवा सूचारु

अनिल शाही/बाजुरा १७ असार। जिल्लाको जगन्नाथ गाउँपालिकामा सोमबारबाट नमस्ते टेलिफोनको टावर सुचारु भएपछि स्थानीयवासी निकै खुसी भएका छन् ।

२१औँ शताब्दीमा समेत सञ्चारको दुनियाँबाट विमुख भएका जगन्नाथ गाउँपालिकाका जनता टावर सुचारु भएसँगै सहज रूपमा सञ्चारमा जोडिएका छन् । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको पहल र नेपाल दूर सञ्चार प्राविधिकरणको सहयोगमा विगत तीन वर्षदेखि निर्माणाधीन रहेको नमस्तेको टावर परीक्षण गरी नियमित सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले जानकारी दिएका छन् ।

जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा रहेको नमस्तेको टावरले जगन्नाथ गाउँपालिकाका सम्पूर्ण वडा स्वामीकार्तिक गाउँपालिका–५ ओटै वडा हिमाली गाउँपालिकाका केही भूभागलगायत कालिकोट मुगुका केही भूभागमा एकै साथ सेवा दिएपछि आफूहरू निकै खुसी भएको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । विगत लामो समयदेखि सञ्चार क्षेत्रबाट वञ्चित भएका त्यस क्षेत्रका स्थानीयवासी भने आजबाट घरबाटै आफन्तलाई फोन गर्न पाएको गोत्रीका पदम शाहीले बताए ।

‘आफूहरू फोन गर्नका लागि डाँडाकाँडा धाउनु परेको र फाट्टफुट्ट स्काई नेटवर्क आउने गरेता पनि सञ्चार क्षेत्रबाट पूरै विमुख भएका थियौँ । आज बल्ल फोन आयो आफन्तलाई फोन गर्न पाउने भयौँ’, स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाका नयन रावलले खुसी व्यक्त गरे । उसो त जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले भने आफ्नो लामो प्रयासपछि बल्ल यो क्षेत्रका जनतालाई सञ्चारको दुनियाँमा ल्याएको भन्दै नेपाल टेलिकमलाई धन्यलवाद व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष शाहीले भने अबको दुई महिनाभित्र गाउँपालिकाको केन्द्रमा इन्टरनेटसमेत सुचारु गर्नका लागि आफ्नो पहल भएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार