होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • गसिप
  • क्याटरिना पनि बायोपिकमा
गसिप

क्याटरिना पनि बायोपिकमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
क्याटरिना पनि बायोपिकमा

बलिउडमा बायोपिक सिनेमाको लहड चलेको छ। भारतीय नेता अभिनेताको जीवनीमा आधारित चलचित्र बनिरहेका बेला महिला धावक पिटी उषाको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ।

यसमा प्रियंका चोपडाले अभिनय गर्ने खबर थियो। तर उनको नाम आएको केही समय बित्न नपाउँदै क्याटरिना कैफले उषाको बायोपिकमा अभिनय गर्ने समाचार बाहिरिएको छ। क्याटरिनाको यो पहिलो बायोपिकमा आधारित चलचित्र हुने छ।

‘मेरी कोम’मा काम गरेपछि प्रियंका हलिउडतिर हान्निएकी थिइन्। उनी नहुँदा उषाको बायोपिकको काममा ढिलो हुँदै गएपछि निर्देशक रेवती एस शर्माले क्याटरिनालाई छानेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। एक सयभन्दा बढी पदक विजेता उषाको बायोपिक धेरै भाषामा अनुवाद गरिनेसमेत चर्चा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै