होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५.१३ अंकले घट्यो नेप्से २४ करोडको शेयर कारोबार
समाचार

५.१३ अंकले घट्यो नेप्से २४ करोडको शेयर कारोबार

  • नागरिक रैबार
५.१३ अंकले घट्यो नेप्से २४ करोडको शेयर कारोबार

काठमाडौं,  वैशाख १९

 

साताको अन्तिम दिन नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा ५ दशमलव १३ अंकले घटेर १ हजार २९३ दशमलव ४७ विन्दुमा आइपुगेको छ ।

विज्ञापन

एक घण्टाको अवधिमा १ हजार २८१ विन्दुमा आइपुगेको परिसूचक एक घण्टा ४२ मिनेटमा १ हजार २९८ दशमलव ३२ विन्दुसम्म पुगेको थियो ।

नेप्सेको चार्ट अनुसार बढ्न थालेको परिसूचक दोस्रो घण्टामा पुनः घटेको हो । यस अवधिसम्म कारोबार भएका १४० कम्पनीको रू. २४ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ ।

दश समूहको परिसूचकमा निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक घटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार