होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपाले कांग्रेसबाट ७ र कांग्रेसले नेकपाबाट ६ वडा खोसे
देश/प्रदेश

नेकपाले कांग्रेसबाट ७ र कांग्रेसले नेकपाबाट ६ वडा खोसे

  • नागरिक रैबार
नेकपाले कांग्रेसबाट ७ र कांग्रेसले नेकपाबाट ६ वडा खोसे

शनिबार उपनिर्वाचन भएका देशभरिका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ।

त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ।

यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो।

विज्ञापन

यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट ७ वडा खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफ्नो पक्षमा पारेको छ।

हेर्नुस् कुन वडामा कसले जिते?

१. बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्।

२. कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।

३. बाजुराको त्रिवेणी-१ नेकपाका मनराजे बुढा विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

४. अछामको मल्लेख गाउँपालिका- ५ मा नेकपाका रमेशबहादुर खड्का विजयी भएका छन्। यहाँ पहिला कांग्रेस विजयी भएको थियो।

५.बाँके कोहलपुर-६मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

६.सल्यानको कुमाख गाउँपालिका- ५ नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन्।

७. रोल्पाको थवाङ १ मा नेकपामा जनकबहादुर बुढा मगरले जितेका छन्। यहाँ पहिला स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

८. घोराही उपमहानगर- १६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

९. प्युठान नगरपालिका- २ मा नेकपाका मुक्ति पोखरेल विजयी भएका छन्।

१०. अर्घाखाँचीको मालारानी-३ मा कांग्रेसका शोभाकर खनालले जितेका छन्। यहाँ पहिला नेकपाले जित हात पारेको थियो।

११. लमजुङको सुन्दरबजार नगरपालिका- २ मा नेकपाका नवीनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

१२. बर्दघाट-५ मा नेकपाका खिमबहादुर थापा विजयी भएका छन्।

१३. चितवनको भरतपुर-१६ कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

१४. पर्साको सखुवा पर्सौनी गाउँपालिका- ५ समाजवादीका रूपलाल कुमार यादवले जित हात पारेका छन्।

१५. बारागढी गाउँपालिका- १ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

१६. रौतहटको गढीमाई- २ कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।

१७. काठमाडौंको दक्षिणकाली- ३ मा नेकपाका शिवभक्ति बलामी निर्वाचित भएका छन्।

१८. धुलिखेल-२ मा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन्।

१९. महोत्तरीको बलवा- २ कांग्रेसका विपिन परिजार सुडी विजयी भएका छन्।

२०. रामेछापको उमाकुण्ड- ५मा नेकपाका कुलबहादुर बस्नेतले जितेका छन्।

२१. खोटाङको साकेला- ३ मा नेकपाकी शिवकला राईले जितेकै छन्।

२२. खाँदबारी-३ नेकपाका भरतकुमार घिमिरे विजयी भएका छन्।

२३. मोरङको धनपालथान-२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन्। साढे २ दुई वर्षअघि यहाँ नेकपाका उम्मेदवारले जितेका थिए।

२४. बैतडीमा दोगडाकेदार- ४ कांग्रेसका सुरेशप्रसाद भट्टले जितेका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

२५. बैतडीको सुर्नया- १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

२६. कपिलवस्तुको शिवराज-१० राजपाकी मन्जु मिश्र विजयी भएकी छन्। पहिला यहाँ स्वतन्त्र उम्मेदवारले जितेका थिए।

२७. गुल्मीको रूरू-६ नेकपाका गिरिप्रसाद सिंजाली विजयी भएका छन्।

२८. नवलपरासी पूर्वको बौदीकाली- ५ मा नेकपाका खिमबहादुर थापा खरूमगरले जितेका छन्।

२९. चितवनको खैरहनी- ४ मा कांग्रेसका देवबहादुर बस्नेत विजयी भएका छन्।

३०. चितवनको खैरहनी-५ कांग्रसकी प्रतीमा कार्की बस्नेतले जितेकी छन्।

३१. सप्तरी छिन्नमस्ता- ७ राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन्।

३२. सर्लाहीको हरिपूर्वा- १ समाजवादीका श्यामवावु राय विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

३३. सिरहाको कल्याणपुर-१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेका थिए।

३४. पाँचथरको हिलिहाङ-७ मा कांग्रेसका तिलविक्रम इधिंगो विजयी भएका छन्। यहाँ २०७४ सालमा नेकपामा विजयी भएको थियो।

३५.पाँचथर फिदिम- १ मा नेकपाका गजाधर भट्टराईले जितेका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

३६. सिन्धुपाल्चोकको इन्द्रावती- ८मा नेकपाका केदारनाथ आचार्य विजयी भएका छन्।

३७. बाग्लुङको बढीगाड-२ मा नेकपामा ढालप्रसाद श्रेष्ठ विजयी भएका छन्।

३८. डोटीको आदर्श-२ मा नेकपाका रामबहादुर बोहोरा ले जितेका छन्।

३९. महोत्तरीको मटहानीमा- ६ मा राजपाका मोहम्मद जकिर अन्सारी विजयी भएका छन्।

४०. भोजपुरको पौवादुंमा- १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार