होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला’ को सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको छ । २०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई दशकपछि सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको हो । गायक थापाको स्वरमा पहेँली धानका बाला गीत तेस्रो एल्वमका […]
काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले जानकारी दिइन् । श्रेष्ठ ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिकामा थिइन् । उनको यो भूमिका धेरै रुचाइएको थियो । श्रेष्ठ लामो समयदेखि स्तन क्यान्सर पीडित […]
नागरिक रैबार/बाजुरा १९ असार। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ का लागि बाजुराका २ जना सर्जक तथा गायकलाई सम्मानित गर्ने भएको छ । नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट सर्जक राजेन्द्र शाह विपि र […]
नागरिक रैबार/बाजुरा ९ जेठ। देउडा गायक हर्क खडायत र चर्चित गायिका शान्तिश्रीको स्वरमा ’छुट्टिन्या दिन आयो‘ बाजुरा घाम छकि २ नामक देउडा गीत सार्वजनिक भएकाे छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रका विभिन्न बस्ति तथा पर्यटकीय क्षेत्र पोरखे गढीमा छायांकन गरिएकाे उक्त गीतको म्युजिक भिडियाे शुक्रबार युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा विनाेद बाजुरालीको […]
बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ मा कोचका रूपमा दुई गायकको प्रवेश भएको छ। सत्यराज आचार्य र खेम सेञ्चुरी शोको नयाँ कोचका रूपमा भित्रिएका हुन्। यसअघि तेस्रो सिजनमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई र मिलन नेवार कोचका रूपमा थिए। मेलिना र मिलनले भने चौथो सिजनमा पनि कोचका रूपमा निरन्तरता पाएका छन्। […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो । मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ […]
नागरिक रैबार/बाजुरा १७ चैत्र । बाजुराको सदरमुकाम मार्तडीमा आजबाट सूरु भएको प्रथम बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको दोस्रो दिन भोलि चर्चित गायक कमल विसि माल्दाइको प्रस्तुति रहने भएको छ । उनि भोलिको प्रस्तुति दिनका लागि मार्तडी पुगिसकेका छन् । महोत्सवको दोस्रो दिन भोलि कमल विसि अतिथि कलाकारका रुपमा रहने र उनिसंगै बाजुराकै माटोमा जन्मेका […]
नागरिक रैबार/बाजुरा ९ चैत। महानायक राजेश हमाल बाजुरा आउने भएका छन् । बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजनामा हुन् लागेकाे बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महाेत्सवमा प्रस्तुति दिन महानायक हमाल बाजुरा आउन लागेका हुन् । बडीमालिकाकाे पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यहि चैत १६ गतेबाट आयाेजना हुन लागेकाे उक्त महाेत्सवमा आमन्त्रित कलाकारका रूपमा महानायक हमाल आउने […]
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर बन्ने फिल्म ‘परालको आगो’मा प्रकाश सपुत अनुबन्धित भएका छन्।फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन्। निर्माता पोखरेलका अनुसार प्रकाश फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन्। यसअघि प्रमुख कलाकारका रुपमा जितु नेपाल र सुहाना थापा देखिने पक्का भइसकेको छ। निर्माता […]
नागरिक रैबार/बाजुरा २२ फागुन। नवदित गायिका धर्मा कुमारी ओखेडाको स्वरमा रहेको नयाँ देउडा गीत ‘सुवा खेल्न्या खेल’ सार्वजनिक सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मासंगै रमेश मुस्कानको स्वर रहेको छ । कुमार मटेलीको शब्द, विकास रोकाया र दिलबहादुर विकको लय रहेको उक्त गीत रोकाया डिजिटल म्युजिक युट्युव च्यानलमा सार्वजनिक भएको हो । रोकाया डिजिटल म्युजिक […]
काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो । न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ […]
लोकदोहोरीकी चर्चित गायिका शान्तिश्री परियारको सांगीतिक करिअरमा यसपटक सुखद् संयोग रह्यो। एकातर्फ, उनले स्वर दिएको फिल्मको गीत ‘रूकुम मैकोट’ सबभन्दा छोटो समयमा युट्युबमा १० करोड पटक हेरिने गीत बन्यो। फिल्म ‘खुश्मा’ मा समावेश एसडी योगी र शान्तिश्रीको स्वर रहेको ‘रूकुम मैकोट’ ले पाँच महिनामै १० करोड भ्युज पाउने पहिलो नेपाली गीतको कीर्तिमान रच्यो। अर्कातर्फ, शान्तिश्रीको अफिसियल […]
चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा घर किनेकी छन्। गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्। उनले चार करोड हाराहारी मूल्यमा घर किनेको बुझिएको छ। सामाखुसीमा भाडाको घरमा बस्दै आएकी शान्तिश्रीको परिवार छिट्टै आफ्नै घरमा सर्ने तयारी छ। शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। […]
आमिर खानले निर्माण गरेको एउटा हिन्दी फिल्म छ, ‘पिपली लाइभ’ । फिल्ममा दुई किसान दाजुभाइको कथा छ । कहिल्यै नसकिने दुःख र कहिल्यै नभरिने पेट बोकेर बाँचेका उनीहरुलाई बैंकको ऋणले थप अत्याएको छ । यस्तो परिस्थितिमा उनीहरुले थाहा पाउँछन् कि कुनै किसानले आत्महत्या गरेको अवस्थामा स्थानीय सरकारले मुआब्जावापत राम्रै पैसा दिनेछ । अब सोझा किसान […]
काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी […]
काठमाडौँ — सरोज पौडेल निर्देशित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको २१औं दिनमा पनि उत्तिकै चर्चामा छ । फिल्मको व्यापार र प्राप्त सोले अहिलेसम्मको सबै रेकर्ड तोडिसकेको छ । फिल्मले सुरुवाती दिनमा अपेक्षित सो नपाए पनि हलहरूमा दर्शक अचानक बढ्न थालेपछि सो संख्या थपिँदै गएको थियो । गत आइतबारसम्मको तथ्यांक अनुसार फिल्मले देशभरबाट ३६ करोड रुपैयाँभन्दा बढीको […]
गायक एवम् संगीतकार विनोद बाजुरालीको ‘हियारै’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। शुभारम्भ डिजिटल म्युजिक युट्युब च्यानलमार्फत करिब २ महिनाअघि सार्वजनिक गीतलाई १ करोड भ्युज मिलेको हो। सार्वजनिक भएसँगै यस गीतलाई दर्शकले रुचाएका थिए। टिकटकदेखि रिल्ससम्म यो गीत निकै चर्चामा छ। एक करोड भ्युज पाएसँगै गायक बाजुरालीले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्। गीतमा बाजुरालीकै […]
पुर्णबहादुरकाे सारङ्गीकाे पाेष्टरले नै मलाई याे फ्लिम एक्लाएक्लै नभई पुरै जहानसहित संगै बसेर हेर्नुपर्छ पर्छ भन्ने आज हाेइन, पाेष्टर सार्वजनिक भएको दिनदेखिनै सिनेमा हलमा गएर चलचित्र “पूर्णबहादुरकाे सारङ्गी” हेर्ने धाेकाे थियाे, बल्लतल्ल पुग्याे । यस चलचित्रका बारेमा विभिन्न समाजिक सञ्जाल, तथा मिडियामा जेजति प्रतिक्रिया आएका र फिल्मी समिक्षा लेखिएका थिए ती लगभग लगभग प्रायःजसो पढियाे […]
काठमाडौँ । फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् । यसरी फिल्म जुध्दा सबैलाई असर पर्छ नै । किनभने दर्शक बाँडिनु व्यापारिक हिसाबले सुखद होइन । यद्यपि बजारमा तीनै वटै फिल्मको चर्चा राम्रो छ । सबै निर्माता […]
नागरिक रैबार बाजुरा २ असोज। चर्चित संगितकार, सर्जक तथा गायक विनोद बाजुरालीको स्वरमा ‘हियार’ नामक नयाँ शैलिको समिश्रण लोक गीत सार्वजनिक भएको छ । विनोद बाजुरालीकै स्वर, शव्द, संगित र एरेन्ज रहेको उक्त गीतमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परिवारको स्वर रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रालिद्धारा बजारमा आएको उक्त गीत नयाँ शैलिको नेपाली लोक […]