होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ । मंगलबारसम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कैलालीको बचिलामा गएको एक घन्टामा १०.६ मिलिमिटर वर्षा भएको छ। बझाङको थलरामा ५ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो चौबीस घन्टामा कैलालीको गर्भ दरबार स्टेसनमा ११७ […]
नागरिक रैबार/बाजुरा ३असार।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले सुईजिउला–पिलुचौर मोटरेवल पक्की पुल निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्वामीकार्तिक खापर गाउँपालिकाको सईजिउला र जगन्नाथ गाउँपालिकाको पीलुचौर कर्णाली मोटरेवल पक्की पुल निर्माण गर्नका लागि २ करोड बजेट विनियोजन गरेको स्वामीकार्तिक खापर […]
नागरिक रैबार/बाजुरा २६ जेठ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा सभा सम्पन्न भएको छ । नगरपालिकाबाट वडाका लागि आर्थिक वर्ष २०८२/८३ वित्तिय समानीकरण अनुदान अनुसार पुजिंगत तर्फ २४ लाख २४ हजार २० हजार र चालु तर्फ १ लाख ३० हजार गरी २५ लाख ५४ हजार २० रुपैयाँ रहेको छ । वडा सभामा […]
नागरिक रैबार/बाजुरा २५ जेठ। सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बाम्का बजारका आगलागी पीडितलाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतवार बिहान बसेको मन्त्री परिषद्को बैठकले बाम्का बजारका आगलागी पीडितलाई राहत स्वरुप तत्काल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । त्यस्तै प्रदेश सरकारले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोगसँगै जिन्सी १५ वटा ठूलो टेन्ट, […]
नागरिक रैबार/बाजुरा २४ जेठ। साँफे मार्तडी सडक खण्डको बल्दे नजिकैको सडकमा मालवाहक जीप पल्टिएको छ । डाव बजारबाट माल सामानहरु लिएर मार्तडी तिर आउँदै गरेको मालवाहक जीप शनिबार दिउसो ३ बजेतिर बल्दे नजिकैको उकालो सडकमा पल्टिएको हो । मालवाहक जीप सडकमै पल्टिएपछि मार्तडीमा आउने र मार्तडीबाट बाहिर जाने सवारी साधानहरु विच बाटोमै रोकिएको बल्देबाट धुर्वराज […]
धनगढी, जेठ २२ गते । स्थानीय तहमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी राख्ने कार्यमा अब कडाइ हुने भएको छ । प्रदेश सरकारले केही दिनअगाडि मात्रै बनाएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो । स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घरपरिवारका सदस्य, आफन्त, […]
नागरिक रैबार/बाजुरा २२ जेठ । सरकारले बाजुराको सदरमुकाम मार्तडीको उपरकोटमा रहेको मालिका मन्दिर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बडीमालिका नगरपालिका ८ स्थित मार्तडीको उपरकोटमा रहेको मालिका मन्दिर निर्माणका लागि ४५ लाख बजेट विनियोजन भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पुरातत्व विभाग मार्फत निर्माण हुने गरी उक्त मन्दिर निर्माणका […]
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]
नागरिक रैबार/बाजुरा १५ जेठ । बाजुराको सदरमुकाम मार्तडी बजार संगै जाडिएको वडा हो बडीमालिका ९ । वडामा २०७९ देखि २०८२ जेठसम्म करिव ३ वर्षको अवधिमा भए गरेका कामहरुको विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडाले सार्वजनिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडी बजारभित्रकै वडा भएपनि नगरपालिकाबाट ३ वर्षको अवधिमा नगरस्तरीय बजेटमा नगरको नेतृत्वले […]
नागरिक रैबार/बाजुरा १२ जेठ। बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ मा बाघको आक्रमण बाट भेडा र बाख्रा मरेका छन् । आईतवार राति सोही वडाको दल्लेडी गाउँका स्थानिय मदन बोहराको बाख्री खोरभित्र पसेको बाघले आक्रमण गर्दा ६ बाख्रा र ११ भेडा मरेका हुन् । गाउँ नजिकैको बाख्री घोरको पछाडिपट्टीको झ्याल फुटाएर भेडा, बाख्रा बाघले आक्रमण गरी […]
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि […]
बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ मा कोचका रूपमा दुई गायकको प्रवेश भएको छ। सत्यराज आचार्य र खेम सेञ्चुरी शोको नयाँ कोचका रूपमा भित्रिएका हुन्। यसअघि तेस्रो सिजनमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई र मिलन नेवार कोचका रूपमा थिए। मेलिना र मिलनले भने चौथो सिजनमा पनि कोचका रूपमा निरन्तरता पाएका छन्। […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट र पूर्वडीआईजी छविलाल जोशीको निवेदनमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार दिउँसो बहस सकिएको हो । बहस सकिएसँगै दुवै पक्ष आदेश कुरिरहेका छन् ।
नागरिक रैबार/बाजुरा ९ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा २ दिने नि:शुल्क आँखा शिविर संचालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालको आयोजनामा बाजुरा स्वास्थ्य चाैकी टाँटेमा यहि जेठ २० र २१ गते उक्त शिविर संचालन हुने भएको हो । २ दिन सम्म संचालन हुने उक्त शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुकाे निशुल्क […]
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार बिहान वर्षा भएको छ।पछिल्लो ६ घन्टामा चितवनको शक्तिखोरमा ३४.२ मिलिमिटर वर्षा भएको छ। शुक्रबार दिउँसो कोशी […]
काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको पुर्व उद्योग मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले उद्धघाटन गरेका छन । नवनिर्मित भवनको साेमबार एक औपचारीक कार्यक्रमका बिच थापाले उद्धघाटन गरेका हुन । राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले संचालन गरेको विकास कचहरी कार्यक्रमको अवसर पारेर नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी विद्यालयले कक्षा कोठामा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ । विद्यालयको कक्षा १० मा अध्यययनरत विद्यार्थीहरको अध्ययन अध्यापनमा सहज होस भन्ने उद्देश्यले पहिलो पटक डिजिटल स्मार्ट बोर्ड जडान गरिएको क्रियटर जोन एकेडेमीले बताएको छ । विद्यालयमा शिक्षण सिकाईमा आधुनिक प्रविधिको प्रयोग गर्दै क्रियटर जोन […]