होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद बद्रीप्रसाद पाण्डे नेपाल सरकारकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसका सहमहामन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् । […]
काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो। एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या […]
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम […]
काठमाडौं- चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न चपली पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै ओली पूर्व राष्ट्रपति भण्डारीसँग छलफलका लागि चपली पुगेका हुन् । ओलीले भण्डारीसँग पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता यात्राबारे संवाद गर्ने छन् । नेपाली कांग्रेससँगको सत्ता समीकरणमा एमोलले […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्। शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ […]
काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् । शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् । तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस-एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा गृहमन्त्री समेत रहेका लामिछानेले रातिमा भएको सहमति शंकास्पद भएको बताए । जब अनुसन्धानको सुई कसैको ढोकामा ढकढक्याउन गयो, तब कांग्रेस र एमालेलाई संविधानको चिन्ता लागेको उनले […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ। नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए। उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको […]
चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जेठ १० गतेदेखि १२ गतेसम्म हुने भएको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत बनेका छन् । जिल्ला पदाधिकारीको वैशाख २० गते बसेको बैठकले वैशाख […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रवार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रवार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए। सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को […]
नागरिक रैबार/बाजुरा १४ बैशाख।नेपाली काँग्रेसका नेता एंव प्रतिनिधि सभा सदस्य डाक्टर शुनिल शर्माले सहकारी काण्डमा मुछिएका रवि लामिछानेको संसदीय समिति बनाएर छानविन गर्नु पर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले शुक्रबार मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेलाई संसदीय […]
काठमाडौँ । प्रहरीले शनिबार दुई स्थानमा हुने उपनिर्वाचनका लागि सुरक्षा योजना तयार गरेको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ प्रहरीले सुरक्षा योजना तयार गरेको हो । शनिबार इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनजर गर्दै सुरक्षा योजना बनाइएको भन्दै प्रहरीले इलाम २ मा […]
काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार […]
काठमाडौँ– आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको बैठक बस्दैछ । कांग्रेस संसदीय बोर्डको बैठक बिहान ९ बजे र केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि […]
कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । तर, नाउपाभित्रैको किचलो […]
नागरिक रैबार/ बाजुरा २१ चैत। नेकपा एमाले बाजुराले पार्टीको ८ औं जिल्ला अधिवेशन २०८१ जेठ १ देखि ३ गतेसम्म सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेकाे छ । नेकपा एमाले बाजुराकाे आज सदरमुकाम मार्तडीमा बसेकाे १३ औं पुर्ण बैठकले पार्टीकाे आठौं जिल्ला अधिवेशन आगामी जेठमा सम्पन्न गर्ने निर्णय गरेकाे हाे । यस अघिकाे जिल्ला कमिटीकाे बैठकले माघ […]
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद […]
काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मङ्गलवार बिहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् । लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन् । केन्द्र सरकारको समीकरण बदलिएसँगै सुदूरपश्चिम प्रदेश सरकारबाट […]