होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२४ असार, काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई औषधि कम गुणस्तरको भेटिएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो । विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ […]
चालु आर्थिक वर्ष (२०७६/७७) मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ । आर्थिक वर्ष सकिन अब ८ दिन बाँकी रहेकाले […]
काठमाडौं २३ असार । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ […]
धनगढी २२ असार: सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झडप भएको छ। सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो। […]
बसन्त बस्नेत । विचार । इतिहासले क्षमा गर्नेछैन, किनकि भयावह कोरोना संकट निदानका सम्पूर्ण प्राथमिकता लत्त्याउँदै सत्तारूढ नेकपा यदुवंशी युद्धको कोतमा खडेखडे लड्न तयार छ । संविधानले क्षमा गर्नेछैन, किनकि नेताहरू आज व्यवहारबाट पुष्टि गर्दै छन्, त्यो नयाँ राजनीतिक प्रणाली संस्थागत गर्न नभई व्यक्तिविशेषको महत्त्वाकांक्षा व्यवस्थापन गर्न हतार–हतार ल्याइएको कागजी दस्तावेज थियो । परिवर्तनले क्षमा गर्नेछैन, किनकि […]
काठमाडौं २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरे पनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदार शर्माले बताएका छन् । उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यद्यपी […]
बझाङ २० असार । बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा शनिबार बिहान गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको […]
काठमाडौं २० असार : आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो। बिहीबार केहीबेर बसेर स्थगित भएको […]
काठमाडौं २० असार। ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का […]
काठमाडौं १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७४० जनामा संक्रमण देखिएको हो । आज थपिएका ७४० सहित नेपालमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफनै पार्टीभित्रबाट अहिले घेराबन्दीमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायतले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार दिउँसोसम्म भएका अनौपचारिक वार्ताले पनि सकारात्मक नतिजा निकालिसकेको छैन । नेकपाभित्रको आन्तरिक विवादका कारण संघीय संसद्को […]
उज्जल प्रसाइ विचार । नेतृत्वले आफ्ना अभिव्यक्ति र कर्ममार्फत सर्वांग उदांगो पारेर असलियत देखाइसक्दा पनि नेकपालाई सबैभन्दा अग्रगामी र प्रगतिशील पार्टी मान्नेहरुको संख्या ठूलो छ । यस घडी नेपालको दलीय राजनीति केही थान कलाविहीन प्रहसन रचेर बसेको छ । यो स्तम्भ लेख्दै गर्दा काठमाडौंको माइतीघर मण्डला र झापाको बिर्तामोडमा प्रधानमन्त्री केपी ओलीको पद जोगाउने घोषित उद्देश्यसाथ प्रदर्शन […]
नागरिक रैबार बाजुरा १९ असार । नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढाले यो विशाल पार्टी फूट्नका लागि जुटेको होईन् भनेका छन् । उहाँले शुक्रबार डिआरमस्ट होटेलमा पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन् । हामी विपक्षीको सपना साकार पार्न यो नेकपाको विशाल पार्टी बनाएका हैनौँ । हामी त नेपाली जनतालाई सुखी र सम्वृद्धिका लागि […]
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ । स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक […]
धनगढी : देशका ७७ वटै जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। कैलालीमा एकै दिन एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ७४ पुगेको छ। यो संख्या ७७ वटा जिल्लामा सबैभन्दा बढि रहेको स्वास्थ्य ता जनसङख्या मन्त्रालयले जनाएको छ। कैलालीपछि कर्णालीको दैलेखमा सात सय ८४ संक्रमित छन् भने दुई […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यक्रममाथि प्रदेशसभामा छलफल अघि बढ्न सकेको छैन । सरकारद्वारा प्रस्तुत बजेटका धेरै बुँदामा प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको असहमतिका कारण छलफल शुरु हुन नसकेको जनाइएको छ । बजेटमाथिको छलफल शुरु गर्नका लागि बोलाइएका प्रदेशसभाको बैठक प्रतिपक्ष दलका अवरोधका कारण पछिल्ला […]
१८ साउन, काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा १७ महिला र ११ पुरुषमा संक्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको […]
धनगढी : सुदूरपश्चिममा आज थप तीन सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी आज तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, […]
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’ बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस […]
काठमाडौं । जारी स्थायी कमिटी बैठककै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चरम अन्तरविरोध बढेको छ । गत आइतबार एक कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखेल भएको अभिव्यक्ति दिएसँगै पार्टीभित्र अन्तरविरोध चुलिएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिकै विषयमा नेकपाको स्थायी समितिको मंगलबारको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो । बैठकमा ओली […]