होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लन्डन — एक खेल जितेमा २० करोड अमेरिकी डलरभन्दा बढी भित्रिने । हारमा शून्य रकम र उल्टै घोर निराशा । विश्व फुटबलको सबैभन्दा महँगो खेल आज मंगलबार हुँदैछ । इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि यो खेल हुनेछ, च्याम्पिपयनसिप प्ले अफका रूपमा । वेम्बलीमा हुने खेलमा दुई लन्डन क्लब ब्रेन्टफोर्ड र फुलहम भिड्ने छन् । इंग्ल्यान्डको […]
काठमाडौं – विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८८३ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् […]
जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान शुरु गरेका छन्। नेपालको संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले जागरण […]
काठमाडौँ । लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका […]
२० साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका […]
१९ साउन, काठमाडौं । विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई साउन ७ गते कोभिड–१९ संक्रमण पुष्टि भयो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरियो । त्यसबेला उनलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो । आईसीयूमा राखेर अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार […]
काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् । यिनीहरु ग्रहहरुभन्दा धेरै साना […]
गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ। गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो। गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा […]
१९ साउन, जनकपुरधाम । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँका २५ जना आइतबार एकैपटक कोरोना संक्रमित पाइए । गाउँका यतिधेरै मानिस कसरी संक्रमित भए त ? स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले भन्छन्, ‘संक्रमितमध्ये अधिकांश गाउँ नजिकै रहेको भारतको कुनौली बजारमा सामान खरिद गर्न जाने गरेको पाइएको छ ।’ भारतीय नागरिकहरु चोर बाटो […]
काठमाडौं । लकडाउन खुला गरेर सार्वजनिक यातायातलाई सूचारु गरे पनि अहिलेसम्म एक तिहाई सवारीसाधन पनि सकडमा निस्केका छैनन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघकाअनुसार अहिलेसम्म सञ्चालनका लागि अनुमति पाएका रुटका सवारी साधनमध्ये ३० प्रतिशतभन्दा पनि कम सवारीसाधन मात्रै सडकमा आउन सकेका छन् । बाँकी अहिलेसम्म पनि ग्यारेजमै थन्किएर बसेका छन् । उपत्यका बाहिर रहेका यातायात […]
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा […]
काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७÷७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीकाअनुसार अहिलेसम्म ६०२ स्थानीय तहले […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ७१.१ प्रतिशत निको भएका छन् । यसअघि हिजो १४ हजार ६०३ थियो । मन्त्रालयका […]
काठमाण्डाै – हामी जब असुरक्षित महसुस गर्छाैँ तब सुरक्षाकर्मीसँग गुहार माग्छौँ । जब अस्वस्थ हुन्छौँ, डाक्टर र स्वास्थ्यकर्मीकोमा पुग्छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हामीलाई परेको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्छन्, सहयोग गर्छन् । अहिले कोरोना महामारी र प्राकृतिक विपद्मा पनि उनीहरु यसैगरी काम गरिरहेका छन् । एकातिर कोरोना नियन्त्रण र उपचारको काम, अर्कोतिर बाढी पहिरोमा […]
१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका […]
जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । […]
सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु […]
काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ । छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ । आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी […]
काठमाडौँ: कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा लडाउने काम नगर्न अनुरोध गरेका छन् । केन्द्रीय सदस्य थापाले अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटाउने पहल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा समेत जोड दिएका छन् । ‘नेकपाका मूल नेता केपी शर्मा ओली र कमरेड पुष्पकमल […]