होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका […]
संक्रामक रोगको पछिल्लो अवस्था हेर्दा जनसमुदायमा आफू र आफ्नो समुदायले सुरक्षित महशुस गर्न रोगसम्बन्धी आवश्यक प्रस्ट र एकनासको जानकारी पाउनु पर्ने हुन्छ। यो हिसाबमा मास्कसम्बन्धी केही जानकारी भ्रामक रहेको देखिन्छ। कोरोना संक्रमणको आजसम्मको अध्ययन हेर्दा, यसको अचुक उपचार छैन। विभिन्न विज्ञहरूले सुझाएअनुसार यसबाट बच्ने भनेकै कम्तिमा १ मिटर र सकेसम्म २ मिटर दुरी कायम गरेर […]
नागरिक रैबार । यो महिनाको सुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड-१९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए। स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए। त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे […]
११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ […]
इटहरी – अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन्। गर्भ रहेको […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि […]
मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार […]
स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसँग अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको छ । यसका लागि सरकारले ३०० र्यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ । स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको आफ्नो […]
१० भदौ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर […]
काठमाडौं । आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर भाइरल भएको बधाईबाट पुष्टि हुन्छ । मंगलबार एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो तर कुलमानको पुनर्नियूक्तिको प्रसंगनै झुट थियो । मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाइ दिन थाले मानिस […]
१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् । विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ। उनको ठाउँमा प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका […]
१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको बताए । मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना […]
काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै उपत्यकासहित देशभर पछिल्लो […]
१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् […]
बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ । यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प […]
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा रु। २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । “पातारासी गाउँपालिकाकास्थित […]
धनगढी- सुदूरपश्चिममा तीन महिनाको अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका ६, अछामका चार तथा बाजुरा र बझाङका दुई/दुई जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। बुधवार मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको संक्रमण बढेको ठहर गरेको छ । सो पार्टीका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा प्रकाश शरण महतले एक प्रेस नोटमार्फत सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस […]
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित […]