होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार अहिले करिब ९० लाख विद्यार्थी नियमित पठनपाठनबाट बञ्चित छन् । यसमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या समावेश छैन । शिक्षा मन्त्रीकै शब्दमा– पठनपाठन सुचारु हुन नसक्दा विद्यार्थीहरूमा अन्योल छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरूको चिन्ता बढ्दै गएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) […]
धनगढी–कोरोना भाइरसको प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा होटल व्यवसाय संकटमा परेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक सय २० दिनसम्म गरिएको लकडाउन र त्यसपछि जारी भएको निषेधाज्ञाका कारण सुदूरपश्चिममा होटल व्यवसाय धरासायी हुँदै गएको हो। प्रदेशका झण्डै सात हजार बढि होटेलहरुमा रोजगारी पाएका ४५ हजार व्यक्तिको रोजगारी समेत गुमेको छ। प्रदेशमा सञ्चालनमा रहेका सात […]
आपत्तकालिन योजना अन्तरगत हजारौँ चिनियाँ नागरिकलाई कोभिड–१९ विरुद्धका दुई प्रयोगात्मक खोप दिइएकोमा हालसम्म कसैलाई पनि संक्रमण नदेखिएको राज्यको स्वामित्वमा रहेको खोप निर्माता कम्पनीका एक शीर्ष अधिकारीले जानकारी दिएका छन् । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) का कमिसन फर डिसिप्लीनरी इन्सपेक्सनका सेक्रेटरी झोउ सोङले कम्पनीले निर्माण गरेका कोभिड–१९ विरुद्धको दुई सम्भावित खोपले मानिसहरुलाई तीन वर्षसम्म भाइरसबाट […]
२३ भदौ, चितवन । चितवनको भरतपुर अस्पताल मातहतको कोभिड–१९ प्रयोगशालामा काम गर्ने एक जना प्राविधिकलाई कोरोना संक्रमण भएको छ भने, केही प्राविधिकहरु बिरामी पर्न थालेका छन् । संक्रमितको सम्पर्कमा आएका अन्य प्राविधिकहरुको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातापछि फेरि उनीहरुको जाँच गर्ने जनाइएको छ । प्रयोगशालामा दिनरात लगातार काम गर्ने प्राविधिकले […]
अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकोमा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो। ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा […]
रुसका वैज्ञानिकले आफ्नो देशमा बनेको कोरोनाभाइरस भ्याक्सिनबारे पहिलो रिपोर्ट प्रकाशित गर्दै भ्याक्सिनको सुरुवाती परीक्षणमा यसले रोगबाट लड्ने प्रतिरोधी क्षमता विकसित गराएको जानकारी दिएका छन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित रिपोर्टमा खोप परीक्षणमा भाग लिने सबै व्यक्तिमा कोरोनाभाइरससँग लड्नका लागि एन्टीबडी बनेको र यसले कुनै गम्भीर साइड इफेक्ट पनि नगरेको उल्लेख गरिएको छ । रुसले […]
२२ भदौ, काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन […]
२२ भदौ, काठमाडौं । २०७५ फागुन २ गते एकान्तकुनामा सरकारले ‘पानीजहाज कार्यालय’ स्थापना गर्यो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ तर, कार्यालय खुलेको डेढ वर्षसम्म कानून बनाउने र जलमार्गको अध्ययनका लागि परामर्शदाता छान्ने प्रक्रियासमेत सकिएको […]
२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको […]
२२ भदौ, सप्तरी । नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा एकजना नेपाली नागरिकको मृत्यु भएको छ । भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव घाइते भएका थिए । ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको […]
बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको […]
२२ भदौ, काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट […]
काठमाडौं । ‘आजको दिनले राष्ट्रको सेवामा निरन्तर निष्ठापूर्वक लाग्न सबै राष्ट्रसेवकलाई प्रेरणा देओस् ! कोभिड १९ को माहामारीमा अग्रपंक्तिमा बसेर सेवा दिने सबैमा नमन !’ पूर्व मुख्यसचिव लीलामणि पौडेलले सोमबार आफ्नो ट्वीटरमा लेखेका वाक्य हुन् यी । निजामती सेवा दिवस २०७७ को अवसरमा सम्पूर्ण निजामती राष्ट्रसेवकहरूमा शुभकामना व्यक्त गर्दै उनले पुरस्कृत सबैलाई बधाइ पनि दिए […]
कैलाली ।कर्णाली प्रदेशको डोल्पा जिल्लाका महिलाहरु लोप हुन थालेको रैथाने बाली संरक्षण गर्न जुटेका छन् । जिल्लाको मुङ केचुला गाउँपालिका ७ सर्मिगाउँका महिलाहरु लोप हुन थालेको चिनो, फापर, कागुनो जस्ता रैथाने बालीको संरक्षण गर्न लागि परेका हुन् । उनीहरुले २० रोपनी जमिनमा चिनो, १० रोपनीमा फापर र १० रोपनीमा कागुनो खेती सुरु गरेका छन् । साथै […]
धनगढी– आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन निर्देशन दिएको छ। यस्तै १७ औं निजामती सेवा दिवसरको अवसरमा […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले संक्रमण पुष्टि भएका ४० जना मध्ये २२ जनाले कोरोना जितेको र बाँकी १८ जनाको उपचार […]
फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो । उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे । तर त्यतिबेला […]
आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन। सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग […]
२२ भदौ, काठमाडौं । अहिले देशमा रोजगारीको चरम संकट छ । देशका विभिन्न क्षेत्रमा कोरोना नियन्त्रण र रोकथामका लागि गरिएका निषेधाज्ञा र लकडाउनले आर्थिक गतिविधि ठप्प छन् । अनौपचारिक क्षेत्रमा मात्र हैन,औपपचारिक क्षेत्रमा काम गरिरहेका धेरै कामदारहरु पनि फुर्सदिला भएका छन् । महामारीका बेला रातारात भारतबाट आएका कामदार अहिले फेरि मुग्लान नै भासिँदै छन् । […]
बझाङः बझाङमा बाघको छाला र हड्डी सहित दाजुभाई पक्राउ परेका छन्। गएराती जिल्लाको बुङ्गल नगरपालिकाबाट दुईवटा बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक नेत्रबहादुर बोहराले बुङल नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय हरजित बोहोरा र उनका सहोदर भाई २३ वर्षीय सुरेन्द्र बोहोरालाई […]