होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि […]
तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो । कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको […]
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]
२८ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले शुरु गर्नुभएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । […]
बाजुरा २८ कात्तिक,: जिल्ला आयुर्वेद कार्यालय बाजुराले विविध कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । “गुणस्तरिय आयुर्वेद सेवाको लागि आयुर्वेद औषधी” भन्ने मुल नाराका साथ दिवसको अवसरमा कार्यालयमा पुजा आरधाना गर्दै मनाइएको आयुर्वेद कार्यालय बाजुराले जनाएको छ । आयुर्वेद औषधीले उपचारले मानिसको शरिरमा हुने फाइदा औषधी प्रयोगले असर नपार्ने बारेमा जानकारी […]
२८ कात्तिक, कैलाली । दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसले एक्कासी सडक छाड्दा अब बाँचिदैन भन्ने लाग्यो । अहिले आफूलाई अस्पतालको शय्यामा पाउँदा उनलाई पुनर्जीवन पाएजस्तै भएको छ […]
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी […]
२७ कात्तिक, काठमाडौं । गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडाले बिहीबार सांसदहरूको प्रश्नको सामना गरे । अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका उनले त्यही बेलामा अमेरिकाका लागि राजदूतमा सिफारिस भए । बिहीबार खतिवडालाई संसदीय सुनुवाई विशेष समितिका सदस्यहरूले विभिन्न प्रश्न गरे । सांसदहरूको प्रश्न थियो–अमेरिका […]
२७ कात्तिक, काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे । नेपाल […]
बाजुरा :२७ कात्तिक, । पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएपछि तिहारको समयमा देउसी–भैलौ तथा भीडभाड गर्न नपाइने भएको छ । चाडपवर्को समयमा बढी आवतजावत हुनभएकोले कोरोना संक्रमण फैलिने हुँदा स्थानीयले घरभित्रै सुरक्षित पर्व मनाउन आग्रह गरेको छ । तिहारमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रममा समेत जिल्ला प्रशासन कार्यालय बाजुराले रोक लगाएको हो । जिल्ला प्रशासन […]
२७ कात्तिक, काठमाडौं । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । ‘मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न’, भीडमा उनले अनुग्रहसहित बोलिन् । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह […]
२७ कात्तिक, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल १० खर्ब ९३ अर्ब ५५ करोड रुपैयाँ बजेट खर्च गर्दा ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको छ । रीत नपुर्याई गरेको कारोबार, राख्नुपर्ने लेखा नराखेको वा बेमनासिब तरिकाले खर्च गरेको रकम नै बेरुजु हो । महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक परीक्षणबाट […]
सर्लाही । जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् । जिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम […]
कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट […]
२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् […]
जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ […]
२७ कात्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो । गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। […]
बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएको छ । केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ । मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको […]
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएको नयाँ पाठ्यक्रम कार्यान्वयन सम्बन्धी रिटमा आज सुनुवाई हुन सकेन । बुधबारका लागि पेशी तोकिएको यो मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको सर्वोच्चले जनाएको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न नहुने भन्दै भगवता अर्याललगायतले दर्ता गरेको रिट न्यायाधीशद्वय मीरा खड्का र वमकुमार श्रेष्ठको संयुक्त इजलाशमा परेको थियो । […]
२५ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका […]