होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष […]
९ भदौ, विराटनगर । उच्च अदालत विराटनगरले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्तले चाहेमा मृत्यु संस्कारमा सहभागी गराउन आदेश दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगरका सीताराम दाहालकी छोरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजसलाले मृत्यु संस्कारमा सहभागी हुन पाउनु आफन्तको अधिकार भएको बताएको […]
नागरिक रैबार/बाजुरा बाजुरा ९ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिका वडा नं.४ ओलेनाका महिला र किसोरीहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु सो ठाउँका महिला, किसोरीहरुलाई सहयोग गरेको हो । कोरोना भाईरस कोभिड-१९ संक्रमण बढीरहेको बेला जोखिममा रहेका महिला […]
धनगढी : कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय […]
बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार […]
९ भदौ, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ । उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब […]
काठमाडौं : संघीय सरकारले सुदूरपश्चिम प्रदेशसहित सातै प्रदेशलाई भेन्टिलेटर र आईसीयू खरिका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ। सरकारले प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयू किन्नका लागि रकम निकासा गरेको हो। मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन […]
९ भदौ, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । ‘उनको श्रीमान् र छोरामा सङ्क्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ नगरपालिकाका स्वास्थ्य शाखा […]
जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि एक साताका लागि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । सोमबार जिल्ला अस्पतालमै कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि महामारी फैलिने डरले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको हो । ५ भदौमा अस्पतालमा कार्यरत केही चिकित्सक, अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामीलगायतका ६२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
८ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे । परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्काेट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना […]
९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’ प्रदेश २ मा त्यस्तै गल्ती दोहोरिएको छ, पटक पटक । यही कारण असार अन्तिम साता नियन्त्रणमा आइसकेको अनुमान गरिएको संक्रमण अहिले अनियन्त्रित […]
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो । प्रदेशको […]
धनगढीः सोमवार सुदूरपश्चिम प्रदेशका थप एक सय १४ कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज एक सय १४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए। उनका […]
काठमाडाैं, ८ भदाै । आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ । […]
काठमाडाैं, ८ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा सबैभन्दा बढी ४ जनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार रुपन्देहीमा ३८, […]
नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड– १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड– १९ को संक्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । महामारीको संक्रमणबाट जोगिन आफ्नो स्वास्थ्य […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नेपाली सेनामा समेत कोरोना देखिएको छ। डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको हनुमान ध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना देखिएको हो। २० वर्षीय उनलाई कोरोना पुष्टि भएपछि ब्यारेक भित्रै छुट्टै आईसोलेसनमा राखिएको छ। तर उनको ट्राभल हिस्ट्री भने छैन्। हनुमान ध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा […]
८ भदौ, काठमाडौं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ । […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये महानगरपालिकामा मात्रै १६ सय ६ जना संक्रमित भएका छन् । महानगरका ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा […]
सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ। व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। हिजो भिजाएका बिरुडाले […]