होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिए । उनले उपकरण र प्रविधिका […]
नागरिक रैबार/बाजुरा १७ असोज। बाजुरामा मंगलबार दिउसो देखि अवरुद्ध बनेको नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । ३ दिनदेखि अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा विहिबार साँझदेखि सुचारु भएको हो । मंगलबार दिउसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको थियो । बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तर्गत […]
नागरिक रैबार/बाजुरा १५ असोज।बाजुरामा नेपाल टेलिकमको एनटी फाईबरको इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुढीगंगा नगरपालिका २ को बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको तार चुडिएपछि मंगलबार दिउसो साढे २ बजेबाट बाजुरामा एनटी फाईवरको इन्टरनेट सेवा अवरुद्ध नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख लोकबहादुर खड्काले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका […]
काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ अफर २०८१ ल्याएको छ । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत साबिकका एफटीटीएचका प्याकेजहरूमा साबिककै मूल्यमा थप […]
नागरिक रैबार। बाजुरामा मंगलबार (हिजो) साँझदेखि अवरुद्ध नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । हिजो साँझदेखि बाजुरा सहित अछाम र डोटी जिल्लामा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा बुधबार दिउसो १ बजेदेखि सुचारु भएको हो । डोटीको सिलगढीमा अबिरल बर्षाले रुखका हाँगा भाचिएर एनटी फाइबर नेटकोे तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम […]
नागरिक रैबार। बाजुराको सदरमुकाम मार्तडीमा ए वान कम्प्युटर एण्ड प्राविधिक शिक्षा केन्द्र संचालनमा ल्याइएको छ बडीमालिका नगरपालिका ९ स्थित मालिका मावि नजिकै कार्यालय संचालन हुने गरि सो केन्द्र संचालनमा ल्याइएको हो । केन्द्रको सोमबार एक औपचारिक कार्यक्रमका विच मालिका नमुना माध्यामिक विद्यालयका प्रार्चाय शुभराज पाध्यायले उद्घाटन् गरेका हुन् । कम्प्यूटर सेन्टरलाई प्रार्चाय तिमिल्सेनाले विधिवत रुपमा […]
काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]
काठमाडौं: नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ। टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो। नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ। त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार […]
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका बनाएको छ । सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि रोक्दै मर्यादित बनाउने लक्ष्यसहित सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ बनाएको हो । निर्देशिका बनेसँगै नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ । यस्तै, अबदेखि […]
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको छ । एमालेले पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन विज्ञप्तिमार्फत आउन अनुरोध गरेको हो। अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान […]
नागरिक रैबार।मुगु जिल्लाको खत्याड गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गाउँपालिकामा पालिका स्तरका सम्पूर्ण जनप्रतिनिधी, सामाजिक अभियान्ता, महिला, दलित लगायतको उपस्थितिमा सूचनाको हक सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । खत्याड गाउँपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो […]
धनगढीः पत्रकारको चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ। उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा उनलाई सोधपुछका […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको […]
स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे । आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ । मेमेन एयरोस्पेसका मालिक डेविड मेमेनले यो बाइकको नाम स्पिडर […]
काठमाडौं । आफ्नो स्मार्टफोन चार्ज गर्न तपाईं कुन–कुन तरिका प्रयोग गर्नुहुन्छ ? तारयुक्त चार्जर वा वायरलेस चार्जिङ प्रविधि । वायर्ड चार्जरमा पनि विभिन्न खालका अप्सन उपलब्ध छन् । यसमा फास्ट तथा सुपरफास्ट चार्जिङ जस्ता विकल्प हुन्छन् । तर तपाईंको फोन चार्ज गर्नका लागि विद्यमान तारयुक्त चार्जर वा वायरलेस चार्जिङ दुबै आवश्यक पर्नेछैन भविष्यमा । किनकी […]
काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा […]
काठमाडौं: स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ। बोर्डले बिहीवार एक सूचना जारी गर्दै विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ।
काठमाडौं । आगामी दिनमा चन्द्रमामा जाने अन्तरीक्ष यात्रीहरु कहाँ उत्रिन्छन् होला ? अब यहीँ विषयमा अमेरिका र चीनबीच लडाइँ हुनेवाला छ । यहीँ सेप्टेम्बर महिनाको सुरुमा अमेरिकी अन्तरीक्ष संस्था नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकैका यस्ता १३ वटा स्थानको सूचीलाई अन्तिम रुप दिएको छ । तर तीमध्ये तीनवटा स्थान यस्ता छन् जसको आसपास वा त्यहीँ ठाउँमै […]