होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ जेठ। बाजुराको त्रिवेणी नगरपालिकाले बुढीगंगा नगरपालिकाकाे बाम्का बजारका आगलागी पीडितका लागि १० लाख सहयोग गर्ने भएकाे छ । नगरपालिकाको जेठ २४ गते बसेको कार्यपालिकाको निर्णय अनुसार बाम्का बजारका आगलागी पीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख कर्णबहादुर थापाले जानकारी दिए । गएको शुक्रबार साँफे मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका […]
नागरिक रैबार/बाजुरा २४ जेठ. बाजुराको बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारका आगलागी पीडित व्यवासायीहरुका लागि बाजुरा उद्योग वाणिज्य संघले राहत संकलन अभियान चलाउने निर्णय गरेको छ । शनिबार बाजुरा उद्योग वाणिज्य संघमा बसेको आपतकालिन बैठकले बाम्का बजारमा भएको आगलागीबाट पीडित बनेका व्यवासायीहरुका लागि तत्काल राहत तथा पसल व्यवस्थापनका लागि संघ प्रदेश, स्थानीय तह र नेपाल […]
नागरिक रैबार/बाजुरा २४ जेठ। बाजुराको बाम्का बजारमा शुक्रबार लागेको आगलागीबाट करिव ३५ पसलहरु पुरै जलेर नष्ट भएका छन् । आगलागीबाट बाम्का बजारका ३५ पसल र १ मोटर साइकल जलेर नष्ट भएकाे हो । आगलागीबाट ३५ पसलमा करिव ८ करोड बढीको क्षति भएको तथ्याकं लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म बाम्का […]
काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ र ९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडामा रहेका सवै बालवालिकाहरुले उमेर अनुसारको खोप सेवा लिएपछि शुक्रबार ५ र ९ नम्वर वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएका हुन् । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि यि दुवै वटै वडालाई एकसाथ पूर्णखोपयुक्त वडा […]
काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु […]
नागरिक रैबार/बाजुरा २७ बैशाख। समृद्विको आधारका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम सूरु भएको छ । बुढीगंगा नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीसंगको सहकार्यमा उक्त कार्यक्रम बुढीगंगा नगरपालिकाको केन्द्र कुल्देवमाण्डौंमा सूरु भएको हो । २९ गतेसम्म संचालन हुने कार्यक्रमको शनिवार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख देबराज जोशीले उद्धघाटन् […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त […]
नागरिक रैबार/बाजुरा २९ माघ । बाजुराको बडीमालिका नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्नका लागि तयारी तिव्र रुपमा भईरहेको छ । समाजमा कुरितिका रुपमा रहेको छाउपडि प्रथालाई अन्त्य गर्नका लागि नगरपालिकाले सेवा क्षेत्र भित्रका वडाहरुलाई पहिलो चरणमा छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाले २, ३, ४, ५, ६ र ९ नम्वर वडालाई […]
नागरिक रैबार/बाजुरा २६ पुस ।बाजुराकाे सदरमुकाम मार्तडी देखि काेल्टी सम्म नियमित चल्ने गरि आजबाट बससेवा संचालनमा आएकाे छ । मार्तडी-काेल्टी सडक सिलान्यासकाे २५ वर्षपछि उक्त सडकमा आजबाट संचालन हुने गरि बस सेवा सूरू गरिएकाे हाे । २०५६ सालमा मार्तडी देखि काेल्टीसम्मकाे करिव ४२ किलाेमिटर सडक २२ वर्षपछि स्तराेन्नति गरिएकाे थियाे। सदरमुकाम मार्तडी बजारबाट चुथिसम्म ९ […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र […]
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ।शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा […]
काठमाडौं : आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण […]
नागरिक रैबार बाजुरा २ असोज। चर्चित संगितकार, सर्जक तथा गायक विनोद बाजुरालीको स्वरमा ‘हियार’ नामक नयाँ शैलिको समिश्रण लोक गीत सार्वजनिक भएको छ । विनोद बाजुरालीकै स्वर, शव्द, संगित र एरेन्ज रहेको उक्त गीतमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परिवारको स्वर रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रालिद्धारा बजारमा आएको उक्त गीत नयाँ शैलिको नेपाली लोक […]
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताए । उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव […]
नागरिक रैबार। बाजुरामा मंगलबार (हिजो) साँझदेखि अवरुद्ध नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । हिजो साँझदेखि बाजुरा सहित अछाम र डोटी जिल्लामा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा बुधबार दिउसो १ बजेदेखि सुचारु भएको हो । डोटीको सिलगढीमा अबिरल बर्षाले रुखका हाँगा भाचिएर एनटी फाइबर नेटकोे तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै […]
काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]
नागरिक रैबार/बाजुरा २५ साउन।बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द […]
नागरिक रैबार/बाजुरा १५ फागुन।बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका जोड्ने बेर्मामा स्थित कर्णाली नदिले बगाएको झोलुङ्गे पुल निर्माणका लागि अर्थ मन्त्रालयले साढे ३ करोड बजेट स्वीकृत गरेको छ । २०७९ असोज १९ देखि २४ गते सम्म परेको अबिरल बर्षाका कारण कर्णाली नदीमा आएको बाढीले जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक गाउँपालिकास्थित बेर्मा–वालुवा जोडने झोलुङ्गे बगाएको […]