होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ भदौ। निरन्तरको अविरल वर्षा संगै आएको बाढीले चुथि र रजातोली खोलामा रहेका काठेपुल बगाएपछि बडीमालिका ७ का स्थानीयहरुलाई दैनिक आउजाउमा निकै समस्या भएको थियो । करिव एक महिना अघि बाढीले काठेपुल बगाएपछि रजातोली र चुथिका स्थानीयलाई मात्रै नभई पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तहसहित छिमेकि जिल्ला मुगु र हुम्लाका स्थानीयहरुलाई यो बाटो हुँदै […]
नागरिक रैबार/बाजुरा ५ भदौ। बडीमालिका नगरपालिका ७ स्थित चुथिमा लघुउद्यम विकास समूहद्धारा मसला उद्योग संचालनमा ल्याईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार, घरेलु तथा साना उद्योग समिति बाजुराको आर्थिक सहयोग र ७ नं. वडा कार्यालयको समन्वयमा सो उद्योग चुथिमा सचालमा ल्याइएको हो । उद्योगको एक औपचारिक कार्यक्रमकावीच शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरैले उद्धघाटन् गरेका छन् । […]
सुमन महतरा, गुल्मी: गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खले घुम्तीमा ब्रेक फेल भई जिप अनियन्त्रित हुँदा चार जना घाइते भएका हुन् । शुक्रबार सदरमुकाम तम्घास देखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको निज त्यस स्थानमा दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेको छ […]
सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० […]
पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा […]
जय बहादुर रावत/बाजुरा ५ भदौ । बडिमालिका नगरपालिका स्तरिय युवा (ME/VT) लघु उद्यम विकास तथा जीवन उपयोगी सिप विकास तालिमका सहभागी तथा उद्यमीहरुको सिकाई आदान प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पीसविन बाजुराको युवा सशक्तिकरण बुलगारी परियोजना तथा सेभद चिल्डेनको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित युवाहरुको विभिन्न सिप तथा व्यवसायहरुबाट के कति मात्रामा […]
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ । टोलीमा […]
काठमाडौ, ५ भदौ । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।शिक्षकहरुलाई स्वास्थ्य […]
हरेक वर्ष भाद्र शुक्लपक्ष तृतियाका दिन महिलाहरूले हरितालिका तिजको व्रत वस्ने गर्छन्। विशेष गरेर हिन्दू महिलाले यो व्रत बस्छन्। महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ। यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ। विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत […]
काठमाण्डौ । बैठकमा स्वास्थ्य,अर्थ,महिला बालबालिका,युवा तथा खेलकुद,सँघीय मामिला तथा सामान्य प्रशासन,भौतिक योजनासहित पालैपालो विभिन्न मन्त्रालयका एजेण्डा प्रस्तुत हुन थाले । त्यहि क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पालो आयो । एजेण्डा थियो प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा झापाकी दुर्गा भण्डारी पौडेलको नियुक्ति । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी बोकेका अर्थमन्त्रीको तर्फबाट मुख्यसचिव लोकदर्शन रेग्मीले प्रस्ताव यसरी पढेर […]
काठमाडौँ, ५ भदौ । विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यी मध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको कोभिड-१९ क्राइसिस मेनेजमेन्ट सेन्टरले जनाएको छ ।नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय […]
५ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक […]
प्रश्न– तपाईंको नाम ? प्रतिप्रश्न– नाम नै त किन भन्नुपर्यो र ? अनि, काम नि ? म स्वास्थ्य क्षेत्रमा छु । सरकारी सेवामा काम गर्छ भनिदिनु न । डिटेल भनेपछि फेरि गाह्रो पर्छ । भनेपछि, तपाईंको परिवारलाई समाजले खुब दुःख दिइरहेको कि क्या हो ? समाजमा बाँच्न धेरै गाह्रो छ । संक्रमितलाई समाजले निरुत्साहित गर्छ […]
४ भदौ, काठमाडौं । बैंकको पहुँच पुगेका स्थानीय तहमा अब सामाजिक सुरक्षा भक्ता अनिवार्य बैकिङ प्रणालीबाट मात्र वितरण गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको हो । अब स्थानीय तहले सबै लाभग्राहीको खाता खोली […]
४ भदौ, काठमाडौं । समयः बिहान ०७ : ३० बजे । स्थान : काठमाडौं महानगरपालिका- १६, एकलटार एक पुरुष र एक महिला ग्राहक पाल्पाली डेरी एन्ड बेकरी सपतिर जाँदैछन् । त्यहीबेला बा१झ ७४५५ नम्बरको प्रहरी भ्यान साइरन बजाउँदै आइपुग्छ । प्रहरी : तपाईंहरू किन निस्किएको ? ए ! सुन्नुभएन ? तपाईंहरू जानुस् । पुरुष ग्राहक […]
काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक […]
४ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विपतमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनकारी दिए । पछिल्लो २ महिनामा सुदूरपश्चिममा विपतबाट ६४ जनाको मृत्यु […]
४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । कहाँ […]
रुकुमपूर्व । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठसय घरधुरी समस्यामा परेका छन् । […]
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ। १४ गतेसम्म नै जिल्लाभरी नै निषेधाज्ञा जारी रहनेछ। लकडाउनको उल्लंघन बढेपछि कोरोना भाईरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ। लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी […]