होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ४०८ नमूना परीक्षण गर्दा कैलालीका ३१सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको जानकारी दिए। यस्तै कैलालीकै भजनी नगरपालिकाका ५ जना, यस्तै गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकाका २/२ […]
काठमाडौं, २ पुष । काठमाडौं उपत्यकामा लागू भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो । […]
नागरिक रैबार/बाजुरा २ पुस। जिल्लाको बडीमालिका नगरपालिकाका ३ महिला सहित ११ जना पुरुषमा कोरोना पोेजेटिभ देखिएको छ । मंसिर ३० गते बडिमालिका नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका २ सय ४८ जनाको स्वाव संकलन गरेर धनगढीको सेति प्रादेशिक अस्पतालमा पठाएको र उनीहरु मध्ये ४८ जनाको कोरोना टेष्ट गर्दा ३ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो […]
संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र […]
बझाङ : बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफन्तले बुधबार बेलुकादेखि खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका छन्। पिडित पक्ष र सवारीधनीबीच भएको क्षतिपूर्ति अनुसार रकम दिन नखोजेको भन्दै उनीहरुले सडक अवरुद्ध पारेका हुन्। यसअघि पिडित पक्षले माग गरेकै अनुसार सवारी धनीले क्षतिपुर्ति दिने सहमति भएपनि अहिले आएर बस यातायात समितिले रकम दिन आनाकानी गरेको वडाध्यक्ष कलक […]
२ पुस, काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को शीर्ष तीनमा प्रवेश गरेका छन् । उनी बुधबार बेलुका प्रसारित कार्यक्रमबाट शीर्ष तीनमा छनोट भएका हुन् । नेपाली खानालाई विश्वमा चिनाउनेल लक्ष्य राख्ने सन्तोषका लागि बुधबार आफ्नो पि्रय मान्छेका लागि खाना बनाउन दिइएको थियो । बुधबार उनले आफ्नी आमालाई सम्झिँदै खाना बनाए […]
नागरिक रैबार/बाजुरा २ पुस। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीका कारण बगाएको बेलिवृज पुनः निर्माण कार्य सुरु भएको छ । बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माण गर्न लागिएको सडक डिभिजन कार्यलय साँफेबगरले जनाएको छ । उक्त ठाउँमा बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको […]
२ पुस, काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो […]
काठमाडौँ- काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ ।रातको समयमा बादलले आकाश […]
पोखरा– बागलुङको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवति महिला लक्ष्मी गुरुङ सुत्केरी हुन नसकेपछि गत साउनमा हवाई उद्धार गरी पोखरा ल्याइयो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्यचौकीले सुत्केरी गराउन नसकेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ रिफर गरियो तर बुर्तिवाङमा पनि सुत्केरी हुन नसकपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर […]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्दै उनले बढ्दो राजनीतिकरणका कारण मु्लुकको शैक्षिक अवस्था कमजोर बनेकाले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका हुन् । “विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक सरुवाको विषयमा […]
काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ ।दुबै सवारी साधन […]
काठमाडौँ । कोरोना सङ्क्रमणको डरले गत चैतमा सरकारले प्रतिबन्ध लगाएको यातायात, होटल व्यवसायदेखि बन्द व्यापारसम्म अधिकांश क्षेत्र खुलिसकेका छन् । तर फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । सबै क्षेत्र खुलिसक्दा पनि सरकारले फिल्म क्षेत्रको अझै किन खुलेन ? कहिले खुल्छ फिल्म क्षेत्र ? यस प्रश्नको जबाफ न त फिल्म क्षेत्रका कुनै सङ्घसंस्थासँग छ, […]
२ पुस, विराटनगर । कोरोना महामारीका कारण ९ महिनायता बन्द भएको विराटनगरका विद्यालयहरु बिहीबारबाट सञ्चालनमा आएका छन् । ६ चैतबाट बन्द भएका विद्यालय बिहीबारबाट खुलेका हुन् । समुदायस्तरमा महामारी फैलिएको विराटनगरमा संक्रमणको संख्या कम भएपछि सतर्कतासहित विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार विद्यालय खुला भएको विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुद दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । […]
काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ […]
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई काउन्टर […]
अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् । विगतदेखि नै कुनै राजीतिक दल संसद्प्रति जवाफदेही देखिएनन्, […]
प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन राजी भएपछि संसद बैठक बोलाउनु पर्ने पक्षमा रहेको प्रचण्ड–माधव नेपाल समूहपनि आफ्नो अडानबाट पछि हटेको छ । ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षर बुझाउन पुगेको थियो । तर बुधबार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र […]
डडेल्धुरा: डडेल्धुरामा विद्यालयका शिक्षक तथा स्थानीयमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि विद्यालयहरु पुनः बन्द गरिएका छन्। गत चैतदेखि बन्द अवस्थामा रहेका विद्यालय केही समय सञ्चालनमा आएका थिए। तर शिक्षकहरुलाई नै कोरोना संक्रमण देखिएपछि जिल्लाको ६ वटा विद्यालय पुनः बन्द भएका छन्। ७ स्थानीय तहमध्ये आलिताल, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकाका ६ वटा विद्यालय बन्द भएको शिक्षा विकास […]
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । सर्वोच्च प्रशासनले अध्ययन पश्चात रिट दर्ता गरेको अर्यालले बताए । अध्यादेशको विषयलाई लिएर कानुनविद्हरुले प्रश्न उठाउँदै आएका छन् भने राजनीतिक रुपमा पनि विवाद रहेको […]