होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरिएका सबै रिटको सुनुवाइ अब एकसाथ संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको हो। अब सबै रिटमा शुक्रबार एकसाथ सुनुवाइ हुनेछ। सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय कार्यान्वयन नगर्न तत्कालका लागि माग गरिएको अन्तरिम आदेश दिन […]
मिसिला– कुवेतमा आज कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिँदैछ । फाइजर कम्पनीले निर्माण गरेको खोप आजदेखि लगाउन सुरु भएको कुवेतका स्वास्थ्य मन्त्री डा. बसेल अल सबाहले जानकारी दिए । स्वास्थ्य मन्त्री सबाहका अनुसार कुवेतको मिसिलास्थित एक्जिबिशन हलको हल नं-५ बाट कोरोनाविरूद्धको भ्याक्सिन खोप लगाउन शुरु हुने बताए । पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा […]
कैलाली ९ पुस। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो । बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको घटनास्थलमै […]
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । वडाध्यक्ष धामी […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक बिहीबार बस्दैछ । ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ । ओली पक्षको दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको पनि १ बजे नै बस्नेछ । यसअघि सो पक्षको बैठक ११ […]
✍️✍️ धनु बिश्वकर्मा कबिता- नतिजा आँगनको डिलमा बसेर कान्छाले डकारीरहेछ। उहिले-उहिले त पेटभरि खान र मासु भात देख्न दशैँ आउनु पर्थ्यो, सालमा एकफेर। आँगनको डिलमा बसेर कान्छाले डकारी रहेछ। भोकाएकाहरूको लावारिसे लास ध्यानमग्न छन् सडक किनारमा, शान्तिको मन्त्र जपिरहेछन्। सडकको किनारै-किनार मतपत्र बोकेर सरकार दौडिरहेछ आँगनको डिलमा बसेर कान्छाले डकारी रहेछ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९ गते बस्ने बैठकले तय गर्ने उनको भनाइ छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा जानुपर्नेमा जोड […]
नागरिक रैबार/बाजुरा ८ पुस। जिल्लाको गौमूल गाउँपालिकाले बाजुरामै पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । जनतालाइ स्थानीय सरकारको सेवालाइ थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले गाउँपालिकामा पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधा एवं पालिका अन्तर्गतका शाखाका आधिकारिक व्यक्तिको जानकारी लिन सकिने […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराका महिलाहरुलाई आयआर्जन तथा व्यवसायमा आकर्षित गराउने उद्देश्यले सदरमुकाम मार्तडीमा संचालन भएको ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग र आयोजनामा संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।। १५ जना सहभागि महिलाहरुलाई ७ दिनसम्म स्थानीय स्तरमा पाईने […]
८पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना […]
सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए। त्यसका लागि ‘लक्षित समूह पहिचान समिति’ ले सूची संकलनको काम अघि बढाएको उनले बताए।’समितिले सबै अस्पतालहरूलाई आफ्ना […]
संयुक्त अरब इमिरेट्स (युएई) को दुुबईमा बुधबारदेखि कोरोना भाइरसविरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु हुने भएको छ । यहाँ, फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोगमा आउनेछ । यसअघि साउदी अरबले गत साताबाट यस खोपको प्रयोग सुरु गरिसकेको छ । दुुबईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ र ६ सय ४२ जनाको ज्यान गइसकेको […]
८ पुस, काठमाडौं । बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसको असर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपालमा पनि पर्न थालेको छ । बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न देशले कडा कदम चालेपछि नेपालको पुनर्उत्थानउन्मुख पर्यटनसँगै वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष असर देखिन थालेको छ । विशेषगरी नेपालका मुख्य श्रम गन्तब्य मुलुकहरुले नयाँ किसिमको भाइरसको फैलावट रोक्न […]
नागरिक रैबार/बाजुरा ८ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षीय केन्द्रिय कमिटी सदस्यमा बाजुराका ८ जना नेता मनोनित भएका छन् । मंगलबार बालुवाटारमा केपि शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रिय कमिटीको बैठकबाट बाजुराका ८ जनाले केन्द्रिय सदस्यको जिम्मेवारी प्राप्त गरेको अनेरास्ववीयुका नरेश रोकाया सामाजि संजाल मार्फत जानकारी गराएका छन् । ओली पक्षको नेकपाको केन्द्रिय कमिटी […]
नागरिक रैबार/बाजुरा ८ पुस। चर्चित म्युजिक एरेन्जर तथा गायक विनोद बाजुरालीको स्वरमा “मेराई भाणी फुल नाई” नामक देउडा गीत बजारमा आएको छ । लामो समयपछि बाजुरालीको स्वरमा देउडा गीत आएको हो । देउडा सर्जक राजेन्द्र शाह विपिको शव्दमा बजारमा आएको उक्त गीतमा विनोद बाजुराली र निरुता खत्रीको आवाज रहेको छ ।खप्तड डिजिटल म्युजिक सेन्टरको प्रस्तुतिमा […]
८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा […]
सिमकोट : हिउँदको याम सुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताईन् । कर्णाली नदी […]
धनगढीः प्रतिनिधिसभा विघटन गर्दै बैशाखका लागि घोषणा गरिएको मध्यावधि चुनावले सुदूरपश्चिमका ठूला पूर्वाधारका योजना पनि प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै घोषणा गरिएको मध्यावधि चुनाव हुने÷नहुने अन्योल कायमै रहेका बेला ठूला पूर्वाधारका योजना प्रभावित हुने चिन्ता उत्पन्न भएको छ। सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण मानिएको निर्माणाधिन चार लेनको महाकाली पुलको काम झण्डै […]
काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् । एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ । संक्रमित २ करोड १५ […]
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले समानान्तर गतिविधि अघि बढिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँगको भेटघाटसहित केन्द्रीय समितिको बैठक बोलाएकै दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पनि केन्द्रीय समितिको बैठक गर्यो । दुवैले मिलेर जाने बताएपनि गतिविधि दुई पार्टीका रुपमा अघि बढेको छ । ओली […]