होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ साउन, मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल […]
६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको […]
६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए […]
साउन ६ धनगढीः नेकपा सुदूरपश्चिम कमिटीका अध्यक्ष नेता कर्णबहादुर थापाले भीम रावल आफूहरुतिर आए समस्या नहुने बताएका छन्। ‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्। नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम नगरेको उनको गुनासो थियो। संसद्मा फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको […]
काठमाडौँ — कोरोना संक्रमित बाजुराका सुरेश कठायत उपक्षेत्रीय अस्पताल डडेलधुरा भर्ना भएका थिए । कुरुवा बसेकी थिइन् पत्नी सरिता । उपचारकै क्रममा गत जेठ १५ मा कठायतको मृत्यु भयो । सरिताले खप्न सकिनन्, अस्पतालनजिकैको जंगलमा झुन्डिएको अवस्थामा फेला परिन् । श्रीमान्को मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष असार १९ मा संक्रमण […]
६ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् […]
म्याग्दी । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुन सकेका छैनन् । पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध […]
कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए […]
गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई साङ्ग्ला घिनलाग्दा लाग्छन् भने धेरै महिला त योसँग डराउनेसमेत गर्दछन् । साङ्ग्लाले खाना, कपडा लगायत कोठाका धेरै सामग्रीमा क्षति पुर्याउँछ । साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता समेत उच्च हुन्छ । साथै यसलाई सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको […]
काठमाडौँ– सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षतिग्रस्त सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र […]
नेपाली समाजमा डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । डिप्रेसनको शिकार भएका कतिपयले आत्महत्यासम्मको बाटो रोजेका छन् । डिप्रेसनग्रस्त मानिसले आत्माहत्या गर्नुको मूख्य कारण नै डिप्रेसन हो । मुटु रोगपछि डिप्रेसन विश्वको दोस्रो ठूलो समस्या हो । डिप्रेसन मूलत: मानसिक समस्या हो । डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत […]
गलकोट- विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ ।जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र […]
विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी […]
कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने […]
काठमाडौं । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी […]
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार आज मनसुनको न्यून […]
नागरिक रैबार/बाजुरा ४ साउन। जिल्लाको हिमाली गाउँपालिका १ की एकजना गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिया पदमकला थापालाई सोमबार हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेतमा लगिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् । आफन्तहरुले पदमकलालाई ब्यथा लाग्ने बित्तिकै गाउँकै बिच्छँया स्वास्थ्य चौकी थिए […]
नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ ।नेसोगका अध्यक्ष प्रा. डा. गणेश दंगालका अनुसार गर्भवती महिलालाई मात्र नभई गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने हुन्छ । नेसोगले एक विज्ञप्ति जारी गर्दे गर्भवती महिलाहरुमा हालसम्म अध्ययन अनुसार यस खोपले गर्भमा रहेको शिशुलाई […]
नागरिक रैबार/बाजुरा ४ साउन । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ विकास बजेट पाउनेमा भाग्यमानी देखिएको छ । बाजुराका गाउँपालिका तथा नगरपालिकामा आउने बजेट बडिमालिकाको सिंगो ७ नम्बर वडामा मात्रै आएको हो । वडामा अहिले संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट गरी आर्थिक वर्षमा २४ करोड रुपैयाँ बढी विकास बजेट छ । संघ, प्रदेश […]
ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण नगरे चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् । पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले तोकिएको ढाँचा/फारममा निवेदन दिई साउन मसान्तसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न परिपत्र गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले साउनभित्र सामाजिक सुरक्षा […]