होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा: बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ। किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन्। गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युतको नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली […]
चालु आर्थिक वर्ष (२०७६/७७) मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ । आर्थिक वर्ष सकिन अब ८ दिन बाँकी रहेकाले […]
काठमाडौं २३ असार । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ […]
काठमाडौं २० असार। ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का […]
नागरिक रैबार बाजुरा १९ असार । नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढाले यो विशाल पार्टी फूट्नका लागि जुटेको होईन् भनेका छन् । उहाँले शुक्रबार डिआरमस्ट होटेलमा पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन् । हामी विपक्षीको सपना साकार पार्न यो नेकपाको विशाल पार्टी बनाएका हैनौँ । हामी त नेपाली जनतालाई सुखी र सम्वृद्धिका लागि […]
धनगढी : देशका ७७ वटै जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। कैलालीमा एकै दिन एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ७४ पुगेको छ। यो संख्या ७७ वटा जिल्लामा सबैभन्दा बढि रहेको स्वास्थ्य ता जनसङख्या मन्त्रालयले जनाएको छ। कैलालीपछि कर्णालीको दैलेखमा सात सय ८४ संक्रमित छन् भने दुई […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यक्रममाथि प्रदेशसभामा छलफल अघि बढ्न सकेको छैन । सरकारद्वारा प्रस्तुत बजेटका धेरै बुँदामा प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको असहमतिका कारण छलफल शुरु हुन नसकेको जनाइएको छ । बजेटमाथिको छलफल शुरु गर्नका लागि बोलाइएका प्रदेशसभाको बैठक प्रतिपक्ष दलका अवरोधका कारण पछिल्ला […]
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’ बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस […]
कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । शिशुको बुधबार साँझ निधन भएको हो। उनका बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षणका […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह छलफलमा जुटेको छ । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले दुबै […]
काठमाडौं । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि सो पाटीभित्रको आन्तरिक राजनीति थप जटिल मोडमा पुगेको छ । यसक्रममा तीनथरी धारणाहरु सार्वजनिक भैसकेका छन् । पहिलो ओलीको राजीनामा बाहेकको विकल्प […]
धनगढी : सुदूरपश्चिममा आज थप दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ […]
बाजुरा: बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ। गाउँपालिकाका सातौँ गाउँ सभाको बजेट र कार्यक्रमबाट सो नीति पास गरिएको छ। स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनाका साथै स्थानीय सरकारले पहिलोपटक एक सय १० प्रकारका औषधि निःशुल्क गर्ने गरी नीति पारित गरिएको गाउँपालिका उपाध्यक्ष […]
१५ असार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरकार ढाल्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी […]
काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । ती संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा […]
१५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् । थप एकको […]
धनगढी : सुदूरपश्चिममा आज ९९ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ९९ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका २० महिला र ४६ पुरष गरी ६६ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य […]
५ असार, काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
धनगढी : गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा कैलाली पुगेको छ। जिल्लाको लम्की र बर्दगोरीयामा सलह किरा देखिएको हो। लम्किचुहा नगरपालिका वडा नम्बर १ थकालिपुरको बारिमा सलह देखिएको स्थानिय लक्ष्मी रावलले जानकारी दिए। रावलले सलहलाई आफुहरुले मारेर राखेको पनि बताए। उता कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ। बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले […]