होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ भदौ, काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय […]
२ सय १३ मुलुक र यसका अधीनस्थ क्षेत्रलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणले गाँजेको छ। सबैजसो मुलुक नै कोरोनाबाट मुक्ति पाउन संघर्षरत छन्। आधा विश्व घरभित्रै सीमित छ भने बाँकी ठाउँमा पनि अवस्था सामान्य छैन। annapurna post विश्वमा आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या २ करोड ३४ लाख १० हजार ९ सय ८८ पुगेको छ। ८ लाख […]
भारतको औषधी निर्माता कम्पनी सीरम इन्सिटीट्यूट अफ इन्डियाले ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराइने मिडिया रिपोर्ट झुटो भएको बताएको छ । एसआईआईले एक वक्तव्य जारी गर्दै मिडियामा ७३ दिनभित्र कोभिड–१९ विरुद्धको खोप आउने भनेर प्रकाशित समाचार फर्जी भएको बताउँदै यस्ता रिपोर्टको कुनै अर्थ नरहेको बताएको हो । वक्तव्यमा एसआईआईले भनेको छ, ‘हामीलाई सरकारले खोप उत्पादनको […]
८ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ । स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका थिए । त्यही तस्वीरलाई लिएर […]
धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १४ की २७ वर्षीय महिला कोरोना महामारीपछि सेती अस्पतालमा काम गर्न थालेकी हुन्। अस्पतालले आईसोलेसन वार्डमा ८ जना सरसफाई कर्मचारी भर्ना गर्दा उनले पनि गत बैशाखमा जागिर पाईन्। ‘७ वर्षीय छोरीलाई घरमै छोडेर उनको पालन पोषणका लागि खर्चको जोहो गर्न महामारीका बेला सरसफाईको काम गर्नु रहर नभएर बाध्यता थियो।’ उनले भनिन्, […]
स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो । हवाई उद्धार कार्यक्रम सञ्चालन भएका ३० जिल्लामा पूर्णरूपमा र चार जिल्लामा आंशिकरूपमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन […]
काठमाडौँ — मुलुक कोरोना महामारी र बाढीपहिरोको दोहोरो संकटबाट गुज्रिरहेका बेला आन्तरिक कलहको चुलीमा पुगेका नेकपा नेताहरू अन्ततोगत्वा ९ महिनाअघिको तामेली सहमति कार्यान्वयन गर्न लगभग सहमत भएका छन् । तर सत्ताधारी राजनीतिक दलले यत्रो ९ महिनाको दहलफसल केका लागि गर्यो र केले नेताहरूलाई मिलायो भन्ने सवालको जवाफ समस्या समाधानका लागि तयार पारेको कार्यदलको प्रतिवेदनले समेत दिन […]
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताए । […]
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि पनि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । जिल्ला समन्वय समिति महासंघ, नेपालले आईतबार […]
काठमाडौं । एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठनका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । […]
७ भदौ, काठमाडौं । लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू […]
काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ । आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी […]
काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।मिर्गौलाको समस्या भएका […]
युएई- दुबई एयरपोर्टमा अलपत्र परेका नेपाली अन्ततः आज स्वदेश फर्किएका छन् । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सकै वाइड बडी (ए-३३०) को उडानबाट आज स्वदेश फर्काइएको हो। जहाजमा २ सय ६४ जना यात्रु रहेका छन् भने २ जनाको शव पनि पठाइएको छ। आजको उडान पनि तोकिएको समय भन्दा […]
७ भदौ, डोटी । गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले पुष्टि गरे । उनले भने ‘चालकमा कोरोना पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा त बस्नु परिहाल्यो नि ।’ भदौ […]
७ भदौ, विराटनगर । प्रहरीले हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा बनिने प्रदीप यादवलाई पक्राउ गरेको छ । भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए । शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित […]
काठमाडौं । देशभरका ९४ स्थानीय तहहरु अझै पनि पूर्ण अन्धकारमा छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार देशभरका ७ सय ५३ स्थानीय तहहरुमध्ये उक्त संख्यामा सो संख्यामा स्थानीय तहहरु विद्युत् सेवाबाट पूर्ण रुपमा वञ्चित भएका हुन् । बाँकीमध्ये २ सय ३५ स्थानीय तहमा विद्युत् सेवा उपलब्ध छ, त्यो सो क्षेत्रका सबै जनताले उपभोग गर्न पाएका छैनन् […]
७ भदौ, काठमाडौं । सरकारले कोभिड-१९को नियन्त्रण र रोकथामका लागि भनेर ११ चैत २०७६ मा लकडाउन शुरु गरेको थियो । त्यसयता साउन मसान्तसम्म कुल ५१ हजार मानिस नेपाल आएका छन् । त्यसमध्ये केही विदेशी भएपनि नेपाल भित्रने अधिकांश नेपाली नागरिक हुन् । अध्यागमन विभागको तथ्यांक अनुसार साउन मसान्तसम्म कुल ५० हजार ७ सय २३ जना […]
कञ्चनपुर: कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व सुुरु भएको छ। शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन्। घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ […]
रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी […]