होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड १९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव आएको बताएका छन्। विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले तीमध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको उनले बताए। सदस्यसचिव ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, […]
९ भदौ, काठमाडौं । चीनले क्लिनिकल परीक्षण नसकिए पनि एक महिनादेखि नै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सार्वजनिक प्रयोग भइरहेको बताएको छ । चीनले जुलाईको अन्तिमबाट अति जोखिममा रहेका मानिसहरुमा निर्माणको क्रममा रहेको खोपको प्रयोग शुरु गरेको हो । चीनको दाबी अनुसार रुसले आधिकारिक रुपमा दाबी गर्नुभन्दा तीन साता पहिला नै चीनले कोरोना खोपको प्रयोग […]
काठमाण्डाै – नेपालमा अबको केही हप्ता तथा केही महिना कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको तर यो सुरुवात मात्रै रहेको भन्दै अबको केही हप्ता तथा महिनापछि अवस्था निकै खराब हुने चेतावनी दिनुभयो । यसअघि नेपालमा विदेशबाट […]
जेनेभा, स्वीट्जरल्याण्ड: विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ। सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। सङक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना […]
९ भदौ, सुर्खेत । कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै कर्णाली प्रदेशका ७ जिल्लामा हाल निषेधाज्ञा लगाइएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, जाजरकोट र रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी गरेका छन् । जुम्ला, मुगु, कालीकोट र दैलेखमा जिल्लाभर निषेधाज्ञा छ भने सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको मुसीकोट, […]
धनगढी : कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय […]
बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार […]
९ भदौ, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ । उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब […]
चिनियाँ राष्ट्रपति शी जिनपिङले संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मुश्किलसहितको परिवर्तनसँग गुज्रिरहेको र यसले बाहिरी बजारमा जोखिम बढाइरहेको बताएका छन् । उनले नीति निर्माताको वृद्धि दर बढाइरहनका लागि घरेलु मागमा आफ्नो विश्वास बढाउनुपर्ने बताएका छन् । सोमबार शी जिनपिङको अध्यक्षतामा आयोजना भएको एक सेमिनारले उनले सो कुरा बताएका हुन् । यो सेमिनारमा नीति सल्लाहकार र […]
धनगढी: सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट अवैध काठ बरामद भएको छ। प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति समेत रहेकी उनका स्वकीय सचिव शर्मानन्द जोशीको घरबाट अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जानकारी दिएको छ। डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जोशीको घरबाट ५ गोलिया सालको काठ, चिरान गरिएका ४ […]
९ भदौ, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । ‘उनको श्रीमान् र छोरामा सङ्क्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ नगरपालिकाका स्वास्थ्य शाखा […]
धनगढी– धनगढीबाट दुई लाख ४५ हजार नगदसहित चार जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्वर ३ बडहरामा जुवा खेलिरहेको अवस्थामा चार जना जुवाडेलाई दुइ सय ४५ हजार पाँच सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ बस्ने […]
एजेन्सी । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले […]
जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि एक साताका लागि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । सोमबार जिल्ला अस्पतालमै कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि महामारी फैलिने डरले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको हो । ५ भदौमा अस्पतालमा कार्यरत केही चिकित्सक, अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामीलगायतका ६२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
८ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे । परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्काेट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट ५३ हजार ७४९ जनाको नमुना जाच गर्दा ५ हजार ३३८ मा कोरोना संक्रमण फेला परेको छ । ४८ हजार ४११ जनामा नेगेटिभ छ भने २ हजार ६६१ जनाको स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ । फेला परेका संक्रमितमध्ये अछाम ८३६, बैतडी ३३१, […]
९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’ प्रदेश २ मा त्यस्तै गल्ती दोहोरिएको छ, पटक पटक । यही कारण असार अन्तिम साता नियन्त्रणमा आइसकेको अनुमान गरिएको संक्रमण अहिले अनियन्त्रित […]
काठमाडौं । हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापीय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ। जसका कारण मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही […]
८ भदौ, काठमाडौं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ । […]
८ भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आफूहरुको निर्देशन नमानेर जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आक्रोश पोखेको छ । मन्त्रालयलाई गत वैशाखमा नै कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन सेन्टर र प्रयोगशाला थप गर्न निर्देशन दिए पनि अहिलेसम्म पालना नगरेको भन्दै आक्रोश पोखेको हो वैशाखपछि पनि समितिले कोरोना […]