होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ । गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो […]
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को रेकर्डले भनेको छ- कोरोनो भाइरसको असर भारत विश्वको दोस्रो श्रेणीमा छ र महामारीको चपेटामा छ । भारतीय विज्ञहरूले भने डब्ल्युएचओको भनाइ खण्डन गरिसकेका छन् । भारतका सरुवा रोग विशेषज्ञ डा. तरुण कोठारीले भनेका छन्, ‘कोरोना लागेर ज्यान जाँदैन । यो सामान्य भाइरस हो । म आफैँ संक्रमित भएँ, न म […]
२५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् । नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित […]
२५ भदौ, पोखरा । श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् । आर्थिक अवस्था कमजोर भएकी ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा ती महिलाले पेश्की माग्थिन् तर प्रमुखले अनेक सर्त राख्न थाले । यौन इच्छा पूरा गर्न दिए अस्पतालबाट पेश्की मिलाइदिने भन्दै […]
२५ भदौ, बुटवल । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द छन् । यही बेला एक निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् । प्रिन्सिपल […]
२४ भदौ, काठमाडौं । रुसको सोभरेन वेल्थ फण्डले मेक्सिकोको फर्मा कम्पनीलाईलाई कोराना भाइरस (कोभिड-१९) को सम्भावित खोप (स्पुतनिक भी)को तीन करोड २० लाख डोज बिक्री गर्ने भएको छ । यो सम्झौतासँग नजिक रहेको स्रोतलाई उद्धृत गर्द रोयटर्सले बुधबार यस्तो जानकारी दिएको हो । गामालेया इस्टिच्युटले निर्माण गरेको कोरोना भाइरससविरुद्धको खोपलाई रुसले यसअघि नै कोरोना भाइरसविरुद्धको […]
२४ भदौ, काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरे । […]
२४ भदौ, काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ४८ मिनेटमा नीलकण्ठ नगरपालिका केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टर स्केलको मापन गरिएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
काठमाडौं । दिन प्रतिदिन कोरोनाभाइरस संक्रमित वृद्धि हुन थालेपछि गत भदौ ३ गतेयता काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बुधबार मध्यरातदेखि सकिँदैछ । तीन सातायता लकडाउन जारी गरिएको भएपनि संक्रमण दर घटेको छैन । बरु कोरोना नियन्त्रणका लागि विभिन्न विकल्पमा छलफल हुँदैगर्दा उपत्यका भित्रिने नाकामा सेना परिचालनको समेत आवाज उठ्न थालेको छ । निषेधाज्ञाको ३ साताको अवधिमा […]
२४ भदौ, पर्सा । गत असार ३१ मा पर्साको छिपहरमाई गाउँपालिका–३ की ४८ वर्षीया एकल महिलालाई सोही गाउँपालिकाका सदस्य सुवास साह कानुसहित आठजनाले बोक्सीको आरोपमा कपाल मुण्डन गरेर गाउँ घुमाए । जनप्रतिनिधिकै संलग्नतामा अर्धनग्न पारेर सार्वजनिकरूपमा कुटपिट गर्नेमा गाउँपालिकाका सदस्य कानुसहित स्थानीय सञ्जय गिरी, मुन्नीलाल परदेशी, सन्ध्या देवी, इन्दु देवी, जितेन्द्र ठाकुर, राहुल ठाकुर र […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीचको भेटवार्ता स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय गर्दै सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए […]
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ। सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य […]
२४ भदौ, पोखरा । ५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी […]
दार्चुलामा सुरक्षित गर्भपतन गर्ने बढेका छन्। अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन्। विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन्। गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ। “जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका […]
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला […]
कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा […]
धनगढी– रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरी भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्। अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन्। […]
जब कोरोना संक्रमितको मृत्यु हुन्छ, शव व्यवस्थापन झमेला बन्छ । सुरक्षित ढंगले शव विसर्जन गर्न अनेकन अड्चन छ । न परिवारजन-आफन्तले शवलाई विधीपूर्वक सद्गद गर्न पाउँछन्, न गाड्ने-जलाउने ठाउँ नै । संक्रमितको शव विसर्जन गर्न खोज्दा कहीँ छिःछि गर्ने त कहीँ ढुंगामुढा गर्ने प्रवृत्ति देखिन्छ । अर्कोतिर के पनि देखिन्छ भने, कोरोना संक्रमितको शवलाई व्यवस्थापन […]
२३ भदौ, वीरगञ्ज । कोरोना महामारी शुरु भएयताका ५ महिनामा देशभर महिला हिंसा तथा मानव अधिकार उलंघनका २ हजार ४६ वटा घटना भएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश २ का प्रदेश सभा सदस्य महिला तथा महिला अधिकारकर्मीसँगको भर्चुअल छलफलमा यो तथ्यांक सार्वजनिक गरेको हो । कोक्यापको तथ्याङ्क अनुसार प्रदेश नं २ […]
२३ भदौ, बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो । भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको […]