होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२७ असोज, काठमाडौँं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ । सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको […]
जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो । भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो […]
२६ असोज, विराटनगर । आइतबार विराटागर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो । बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला कारागार, मोरङका बन्दी २० वर्षीय युवकलाई कोशी अस्पताल ल्याइयो । […]
दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य शुरु गरे पनि हालसम्म बोहनीसमेत हुन नसकेको सो कार्यालयले जनाएको छ । शाखा प्रमुख विकास कटुवालका अनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलो […]
२१ असोज, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो । बैठकले व्यवसायिक तालिम प्रदायक […]
केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले […]
कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताए । ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही […]
सम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । भने, हाल देशभरीका मौसमको अवस्था प्रदेश १, प्रदेश २, र बागमती प्रदेश मा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ । यता, गण्डकी प्रदेश, […]
१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले […]
१८ असोज, काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आइतबार सूचना जारी गर्दै केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको सूचनामा उल्लेख छ ।
१८ असोज, काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहरिएका छन् । खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । तत्कालीन महानगरीय अपराध […]
१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । […]
शुक्रबार काठमाडौं उपत्यकासँगै देशभर दैनिक गणनाका आधारमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए । उपत्यकामा एक हजार ६ सय ३८ गरी देशभर २ हजार ७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ । यसरी संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको ग्राफ पनि उकालो लाग्दै गएको छ । हालसम्म कोरोनाभाइरस […]
१६ असोज, काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण […]
१६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा १८ दिन लामो अस्पताल घर फर्किएका छन् । उनी बिहीबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् । धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् । उनले यसबीचमा पटकपटक भनेको छन्,’कोरोनालाई सामान्य सम्झने गल्ती […]
धनगढी– धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि भोली परीक्षण उडान हुने भएको छ। समिट एयरले भोली धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। अहिले धनगढी–बाजुरा […]
काठमाडौं । स्याङ्जामा पहिरोका कारण १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण १० जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । […]
धनगढी : कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान आजदेखि फेरी सुरु हुने भएको छ। सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी–काठमाडौँ–धनगढी सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले आज बुद्ध एयरले उडान भर्ने जानकारी दिए। थापाका अनुसार बुद्ध एयर काठमाडौँबाट १० बजेर ५० […]
काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना […]
काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार मृत्युपछि […]