होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ पुस, वीरगञ्ज । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरुको धेरै छन् । कपडा प्रयोग गर्दा समस्या मात्रै […]
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, […]
११ पुस, गुल्मी । गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) आएकी छन् । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुऽादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उनको यहाँ सरुवा भएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् । यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार […]
१० पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा अब पुस २२ गते सुनुवाइ हुने भएको छ । शुक्रबार संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेशी पुस २२ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस २२ […]
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा भएका सम्पत्तिहरुमा दाबी गरेका छन् । शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू नेतृत्वको पार्टी नै वैधानिक नेकपा भएको भन्दै पार्टीको सम्पत्तिमा दावी गरेका हुन् । ‘सम्पत्तिको बारेमा पनि कुरा क्लियर छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । नेकपाका […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । टोपबहादुर रायमाझी, प्रभु साह, दावा […]
१० पुस, रौतहट । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । गौरको वीपी चोकमा प्रदर्शन गर्दै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-ओली समूह, नेपाली कांग्रेस र जसपाले रौतहटमा बेग्लाबेग्लै प्रर्दशन गर्दै आइरहेका छन । […]
१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताएका छन् । प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘अब छिट्टै नै वालुवाटारमा प्रधानमन्त्री हाम्रो हुँदैछ ।’ आफूहरु सडकमा आइसकेको भन्दै उनले संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र […]
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले अर्का समूहको नेतत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुले प्रतिनिधिसभा भंगको चर्को आलोचना मात्र गरेनन्, प्रधानमन्त्री ओली निरंकुश बनेको आरोप लगाए । नेताहरुले ओलीलाई गणतन्त्र र संघीयता […]
१० पुस काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि बागमतीमा नयाँ सरकार गठनबारे चर्चा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि स्पष्ट दुई खेमामा विभाजित […]
काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली गोमन साँप जस्तै रहेको बताएका छन् । एमालेको आठौँ माहाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको बताए । ‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्षभन्दा माथि कोही नेता हुँदैन’, उनले दुवै अध्यक्ष […]
काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा लागेको भन्दै उनको निरंकुशतालाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् । कार्की ब्याङ्क्वेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले ओलीले संसद विघटन गरेर आफुलाई निरंकुशताको पक्षमा उभ्याएको बताए । ‘केपी ओली नितान्त निरंकुशताको बाटोमा हुनुहुन्छ । अहिलेको संविधान अनुसार […]
१० पुस, काठमाडौं । संसद विघटनको पक्ष र विपक्षमा बहस भइरहेको बेला सर्वोच्च अदालत अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा छ । यो निषेधित क्षेत्र पनि हो । तर, सुरक्षाकर्मीको आँखा छल्दै केही युवाहरु सर्वोच्च अदालतको […]
१० पुस, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो । त्यस्तै मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको […]
१० पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमथि सुनुवाई भइरहेको छ । शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा […]
१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन् । २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर र नेताहरुसहित निर्वाचन आयोग […]
१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो । प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै […]
बागमती प्रदेशका तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै तीन जना मन्त्रीहरुले पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन तथा वातावरण मन्त्री अरूण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन्। जम्कट्टेल र दुलाल पूर्वमाओवादी हुन् […]
काठमाडौं । प्रचण्ड-नेपाल पक्षको नेकपाका केन्द्रीय सदस्यहरुलाई प्रहरीले आयोगभित्र जान अवरोध गरेको छ । अध्यक्ष प्रचण्डसहित सयौँ नेता कार्यकर्ता निर्वाचन आयोगमा पुगेपनि उनीहरुलाई आयोगको गेटबाहिरै रोकिएको हो । तर केन्द्रीय सदस्यहरुले आयोगले दस्तखत गर्न बोलाएकाले आफूहरु आएको बताएपनि प्रहरीले जान दिएको छैन । अध्यक्ष प्रचण्ड र नेपालसहितका केही नेतामात्रै आयोगको कार्यालयमा छिरेका छन् ।