होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पुस १३ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैन ?’ त्यसलाई […]
काठमाडौँ — नेकपा ओली समूहका कार्यकर्ताले आइतबार जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् । दाहाल–नेपाल समूहले एकतर्फी रुपमा गुट भेला गरी कार्यालय दुरुपयोग गरेकाे भन्दै उनीहरुले ताला लगाएका हुन् । ‘टुटफुटका गतिविधिहरुमा पार्टी कार्यालय प्रयोग हुन थालेपछि तालाबन्दी गरेका हौं,’ अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले भने, ‘पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र कुन पार्टी आधिकारिक […]
१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका […]
१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड […]
१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै […]
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने […]
१२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको […]
काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले पार्टी छाड्ने निर्णय गरेका छन् । अध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वमा नरहने जानकारी दिएका छन् । पौडेलले सामाजिक सञ्जालमा भावुक स्टाटस् लेख्दै पार्टी निर्माणको अभियानबाट अलग रहेको घोषणा गरेका छन् । उनले केही समय सबैसँग सम्पर्क बाहिर रहने समेत जानकारी दिएका […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । सो टोली आउनुअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता जनाएकी […]
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन […]
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे । रत्न–धर्म स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले उच्च नैतिकता र इमान्दारका […]
नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् । शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर-पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिए । उनले भने–‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका बेला सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री विरुद्व हस्ताक्षर अभियान चलाएका हुन्। मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर विगतदेखि असन्तुष्ट रहेका प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यहरुले नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै हस्ताक्षर गरेको स्रोत बताउँछ। ‘अहिलेसम्म १८ […]
हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् । उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका […]
११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा नेता योगेश भट्टराईले संसद पुनस्थापना नहुँदासम्म सडक नछाड्ने बताएका छन्। माधव-प्रचण्ड समूहका नेता रहेका नेता भट्टराईले संसद पुर्नस्थापना र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने स्पष्ट पारेका हुन। यस्तै, आफ्नो पार्टीले पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने समेत बताएका छन्। ओली सरकार विरुद्धको प्रदर्शनमा लाखौं मानिस […]
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सरकारसँग विघटन गर्नुको कारण मागेको हो। इजलासले सरकारसँग प्रतिनिधिसभा विघटनको कारणसँगै […]