होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ पुस, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । […]
काठमाडौँ — अखिल नेपाल महिला संघका केही पदाधिकारीले पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधे, ‘अब के हुन्छ ?’ ओलीले भने, ‘संसद् पुनःस्थापना हुँदैन, सर्वोच्चले हाम्रो पक्षमा निर्णय गर्छ, ढुक्क भएर चुनावको तयारी गर्नुस् ।’ उनीहरूले प्रधानमन्त्रीलाई फेरि प्रश्न गरे, संसद् पुनःस्थापना भयो भने के हुन्छ ?’ ओलीको जवाफ थियो, ‘त्यसो भयो भने शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, […]
बर्दिया – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ । आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर […]
विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जनाएको छ । यसैगरी महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर […]
१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै […]
काठमाडौं । मंसिर २९ गते शहरी विकासमन्त्री (तात्कालिन) कृष्णगोपाल श्रेष्ठले आफ्नै मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेर आफ्ना २ महिने उपलब्धि सार्वजनिक गरे । कुनै सार्वजनिक पद धारणा गरेका व्यक्तिले सामान्यतया आफ्नो प्रगतिको फेहरिस्त सार्वजनिक गर्न २ महिनामा पत्रकार सम्मेलन गर्दैन । पदबहाली हुनेबित्तिकै गर्छ, होइन भने १ महिना, एक सय दिन, ६ महिना, १ वर्ष […]
१५ पुस, रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन […]
तराईका जिल्लाहरुमा शीतलहर सुरु भएसँगै कठ्याङ्ग्रिँदो चिसोका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । आर्थिक अवस्था कमजोर भएका तराईका मुसहर र डोमजस्तो पिछडिएका समुदायका लागि शीतलहर कहर मात्रै होइन काल बनेर आउँछ । प्रदेश २ मा बहुआयामिक गरिबीदर झन्डै ४८ प्रतिशत छ भने निरपेक्ष गरिबी २२ प्रतिशत छ । कसरी दुई छाक खाने भन्ने […]
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम […]
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले बैशाखमा निर्वाचन नगर्ने बताएका छन्। मंगलबार नेकपा प्रचण्ड–नेपाल समूहले डोटीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन नभई प्रचण्ड–नेपाल समूहलाई अलग्याउन प्रतिनिधि सभा विघटन गरेको बताए। ‘के ग्यारेन्टी छ बैशाखमा चुनाव हुन्छ भन्ने कुरा। कुनै ग्यारेन्टी छैन। किन भने त्यो(चुनाव) गर्नका लागि […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई धु्रबमा बाँडिएपछि जिल्लामा पनि यसको असर ठुलै देखिएको छ । जिल्लामा केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताहरुको छुट्टा छुट्टै समुह देखिन थालेका छन् । नेकपाको केन्द्र विवादका कारण जिल्ला पार्टी कार्यालयमा छुट्टाछुट्टै खेमाको आ–आफ्नो ताला झुन्ड्याइएको छ । शुक्रबार पार्टी कार्यालयमा नियमित लगाउँदै आएको तालामाथि प्रचण्ड–नेपाल पक्षाका कार्यकर्ताले […]
बुटवल । नेकपा प्रचण्ड माधव पक्षका नेता घनश्याम भुसालले तीन महिना भित्रमा संसद पुनःर्स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आज बुटवलमा आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । असवैधानिक कदम लामो समय नटिकेको प्रसंग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेका भुसालले बढीमा तीन महिनाभित्र संसद पुनःर्स्थापना […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् । पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । […]
को रकम अस्पतालहरुले नपाउँदा स्वास्थ्यकर्मीहरु भत्ता पाउनबाट बञ्चित भएका हुन् । मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई ५९ करोड ३७ लाख ४१ हजार रुपैयाँ निकासा गरिसकेको छ । तर, मन्त्रालयले बिरामीको केस अनुसार अस्पताललाई रकम दिने भएकाले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् । बिरामीको केसका आधारमा मन्त्रालयबाट रकम अस्पताललाई आउने भएकाले स्वास्थ्यकर्मीलाई […]
१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् । पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’का विरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले मंगलबार देशव्यापी विरोधसभा आयोजना गर्दैछ । सोही क्रममा विभिन्न जिल्लामा जुलुससहित कार्यकर्ताहरु विरोधसभा स्थलतर्फ गइरहेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थायी कमिटी सदस्य भीम रावलले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही सिलसिलामा धनगढीको […]
१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले पार्टीलाई भर्याङ मात्र बनाएको भन्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् […]
निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य […]
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिन् । यो कदमलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात मन्त्रीले सामुहिक राजीनामा दिए । अर्थात्, ओलीको क्याबिनेटमा सातवटा मन्त्रालय खाली भए । केपी ओलीलाई पञ्चायतकालदेखि नै साथ दिँदै आएका पूर्वएमालेका त्यागी नेताहरुले रिक्त मन्त्रालयमा नेतृत्व […]