होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा ३ पुस। बाजुराबाट सुर्खेत जाँदै गरेको जीप अछाममा दुर्घटना भएको छ। मंगलबार बाजुराबाट सुर्खेत तर्फ जाँदै गरेको जीप अछाम जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा […]
नागरिक रैबार/बाजुरा २७ मंसिर।प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले जिल्ला अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण गरेका छन् । बुधबार विहान तथा प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले जिल्ला अस्पताल बाजुराको नयाँ बन्दै गरेको ५० शैयाको अस्पताल भवनको स्थलगत निरिक्षण गरेका हुन् । बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य […]
आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर देशभरका ९ वटा पालिकाहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने पालिकाहरुमा सबैभन्दा धेरै मधेस प्रदेशमा छन् । मधेसमा ८ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् भने कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेको छैन । मधेसका ५ जिल्ला सप्तरी, सर्लाही, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
नागरिक रैबार/बाजुरा २१ मंसिर।बडीमालिका नगरपालिकामा विकासका लागि युवा सम्मेलन (२०८०) कार्यक्रम संचालन गरिएको छ । बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त सम्मेलन संचालन गरिएको हो । नगरपालिका भित्रका युवाहरूको सहभागितामा उक्त सम्मेलन आजबाट बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले बताएका छन । सम्मेलनले नगर स्तरीय […]
नागरिक रैबार/बाजुरा २१ मंसिर ।ग्रिन तारा नेपालले बाजुराका पत्रकारहरु संग समिक्षा बैठक सम्पन गरेको छ । संस्थाले संचालन गरेका कामको प्रगती विवरण बारे पत्रकारसंग समिक्षा बैठक सम्पन्न गरेको हो । संस्थाले जिल्लाको खप्तड छेडेदह गाँउपालिकाका १-७ सम्मका सबै वडामा स्वास्थ्य सम्वन्धि काम गर्दै आईरहेको ग्रिन तारा नेपालकी फिल्ड म्यानेजर कविता कुमारी थापाले बताएकी छन् । […]
महेश कार्की/कोल्टी २१ मंसिर।जिल्लाको बुढीनन्दा नगरपालिका वडा–३ मा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । विहिबार बिहान सोही वडाको बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीर माथी बाट खसेको ढुङ्गा लागेर सोही नगरपालिका ३ का वर्ष अन्दाजी ३७ बर्षकि धर्मा बिस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर […]
काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले बताए । फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी […]
नागरिक रैबार/बाजुरा १४ मंसिर।हिमाली गाउँपालिकाको धुलाचौरबाट बुढीनन्दा नगरपालिकाको कोल्टी तर्फ आउँदै गरेको जीप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ घर भएका अन्दाजी वर्ष २८ का मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरिक्षक किसोर सिंह ऐरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार विहिबार विहान करिव […]
प्रदेश सभाको चुनाव भएको एक वर्ष पूरा हुँदा समेत सुदूरपश्चिम प्रदेश सभाका समितिमा सभापतिको टुङ्गो लागेको छैन।प्रदेश सभा सचिवालयले असोज १२ गते सभापतिको टुङ्गो लगाउने कार्यतालिका सार्वजनिक गरेपनि प्रदेश सरकारको आग्रहमा सभापतिको छनोट रोकिएको थियो। त्यसपछि भने सरकारले समितिको सभापति बारे कुनै टुङ्गो नलगाउँदा मिनी संसदका रुपमा लिइने संसदीय समितिहरू नेतृत्वविहिन छन्। गत असोज १२ […]
धनगढी । नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट-चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ ।एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए । […]
काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि […]
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका बनाएको छ । सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि रोक्दै मर्यादित बनाउने लक्ष्यसहित सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ बनाएको हो । निर्देशिका बनेसँगै नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ । यस्तै, अबदेखि […]
राजेन्द्र बिक बाजुरा ,२मंसिर /बाजुरा,हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगमा स्थानिय भेडा पालक भोटेहरु चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् । हिउँदे सिजनको चिसोयाम शुरु हुन थाले पछी हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् । बाजुराको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले हिमाली भेगमा हिमपात […]
काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले रातोपाटीलाई जानकारी दिए । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा […]
नागरिक रैबार।बाजुरा १७ कार्तिक। छेडेदह स्पाेट्रस क्लवले अर्काे वर्ष- २०८० मा प्रथम छेडेदह गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे छ । पाचौं छेडेदह कप फुटबल प्रतियोगिताकाे आज समापन गर्दै क्लवले अर्काे वर्ष सर्वाधिक धनराशीकाे पुरस्कार राखेर गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे हाे । दशै तिहारकाे विचमा दशरथ माविकै खेलमैदानमा गाेल्ड कपकाे आयाेजना गर्ने क्लवले […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका वडा नम्वर ९ स्थित चौराटामा रहेको मष्टेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । चिसो सिजनलाई मध्येनजर गर्दै विद्यालयमा अध्ययनरत सम्पूर्ण ८८ जना विद्यार्थी र ९ जना शिक्षकलाई चिसो छल्न न्यानो वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद कुमार विकले बताएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई […]
नागरिक रैबार/ बाजुरा ४ कार्तिक। बाजुराकाे बडीमालिका नगरपालिका ८ स्थित बाउलीमा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेेमा साेही नगरपालिका ९ तल्लावाडा घर भएका अन्दाजि ५० वर्षिया लाल थापा रहेका छन् । शनिवार दिउसाे बाउली खाेला नजिकै पानीकाे खाेल्सामा थापा मृत अवस्थामा फेला परेकाे स्थानीय प्रत्येक्षदर्शीले बताएका छन् । मृतक थापा […]
हरेक वर्ष खेल पर्वका रुपमा आयोजना हुने सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता यो वर्ष कात्र्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ । सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको […]