होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ फागुन, डोटी । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर र्दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । प्रहरीका अनुसार दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुबातल भन्ने ठाउँमा दुर्घटनामा परेको अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए । अर्यालका अनुसार उनीहरु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा […]
२६ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । संविधानको धारा १३८ बमोजिम प्रधान्यायाधीश जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ । सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र […]
धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलले धनगढीमा भएको घटना एमाले फुटाउने र सिध्याउने षडयन्त्र हुनसक्ने बताएका छन्।बुधबार भएको घटनापछि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको आरोप लगाए। तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको गुण्डागर्दीले उक्त घटना भएको रावलको आरोप छ। ‘अहिले नै यस्तो चरित्र देखाइयो। पार्टी […]
गगन अयडी २६ फाल्गुन । बाजुरा पत्रकार महासघ शाखाका संस्थापक अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयारमा पण्डित उचराका लागि अस्पतालको बेडमा छटपटी रहेका छन । उनको घर बाजुरा जिल्ला बडिमालिका नगरपालिका को सदरमुकाम मार्तडीमा रहेको छ । पण्डित समचार पत्रमा बाजुराबाट रिपोर्टिङ गर्छन भने किनारा अनलाइन को सम्पादक समेत रहेका छन ।( पण्डित रिपोर्टिङ […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारका विषयमा आफूसँग कसैले कुरा नगरेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले उनलाई केपी ओली नेतृत्वको सरकार गिराउन एमालेभित्रैबाट लाग्नुभएको छ भन्ने आरोप छ नि ? भनी सोधेका थिए । जवाफमा उनले भने, ‘खै मलाई थाहा छैन । कसैले मलाई भन्न […]
काठमाण्डाै – आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ । यस्तै, जेठ […]
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को २० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर मुलुकमा शान्ति स्थापना गरेको बताएका हुन् । ‘पृथकतावादी […]
२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको बताएका छन् । उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग […]
६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भवन बानेश्वर पुगेर आजको बैठकमा सहभागी नभई बाहिरिएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पनि उनी बानेश्वर पुगेर फर्किएका छन् । प्रधानमन्त्री कुनै काम परेर बैठकमा सहभागी नभएको सुवासचन्द्र नेम्वाङले बताएका छन् । हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको […]
२६ फागुन, वीरगञ्ज । नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल वीरगञ्ज आइपुगेको छ । २ हजार ५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको हो । मल बोकेको एउटा रेल्वे र्याक मंगलबार वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए । बंगलादेशबाट ल्याउन लागेको ५० […]
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध संघीय संसद् सचिवालयमा विरोधको सूचना दर्ता गरेका छन् । यी दलले सरकारले ल्याएको अध्यादेश असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई संसदमा अस्वीकृत गर्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले असंवैधानिक ढंगले अध्यादेश ल्याएकाले […]
२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । […]
२६ फागुन, डोटी । आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएपछि केन्द्र सरकारको साथसाथै सुदूरपश्चिम प्रदेश सरकारको भविष्यको विषयमा पनि चासो सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट डोटी जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित त्रिलोचन भट्ट २०७४ साल फागुन ३ गते सो पार्टीको संसदीय दलको नेता चयन भएका थिए […]
२६ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले साधुसन्तको संख्या यस वर्ष कम हुने […]
२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ४१ महिना पहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्विकार गरेपछि एउटा पेचिलो प्रश्न उठेको छ- के नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वास्तवमै एकीकरण भएको थियो ? केही दृष्टान्तहरू हेर्दा व्यवहारतः दुई पार्टी एकीकरण नै नभएको देखिन्छ । दुवैका केन्द्रीय कार्यालय यथावत मंगलबार धुम्बाराहीस्थित कार्यालयमा नेकपाको बोर्ड […]
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’ यही फागुन २३ गते […]
बाजुरा: बडिमालिका नगरपालिका ६ बिरेखोला पुल नजिकै २ वटा चितुुवा देखापरेको भन्दै स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय बाजुराले आग्रह गरेको छ । मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा २ (दुई) वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । स्थानियका अनुुसार दिनभरी त्यहि […]