होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरुवात गरिएको छ । किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । ‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती […]
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले […]
राजेन्द्र विक/ बाजुरा २८माघ।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा १ दिने नि:शुल्क पशु शिविर संचालन भइ सम्पन्न भएको छ।बडिमालिका नगरपालिका वडा नम्बर ५ को आयोजना तथा बडिमालिका नगरपालिका पशु सेवा शाखाको प्राबिधिक सहयोगमा उक्त एक दिने पशु शिविर संचालन गरिएको हो। शिविरमा बाख्रामा हुने विभिन्न खालका रोगहरुको चेकजाँच तथा उपचार गरि महामारी नियन्त्रणका लागि […]
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो […]
धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने […]
धनगढी । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार बिहीबार साँझ साढे ७ बजेतिर आमा घरमै […]
काठमाडौं– प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, […]
नागरिक रैबार/बाजुरा १४ माघ । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। आइतवार अस्पतालमा उपचारारत रहेका बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको शल्यक्रिया गरिएको हो। पहिलो पटक बाजुरा अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. चन्द्र शेखर यादवले बताएका छन्। सूरुमा पेट दुख्ने समस्या लिएर आएका थापालाई एपेन्डिसाइटिस […]
बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । […]
काठमाडौं । नेकपा एमाले अछामले बुधबार पार्टीभित्र अनुशासन उल्लंघन गरेको आरोपमा ६ जना सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको हो । जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहसहित सागर सिंह बाब्ली, बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र […]
काठमाडौं : सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेख्ने एक शिक्षकलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ। बुधबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखको महाबु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल चार अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक […]
नागरिक रैबार/बाजुरा २९ पुस । बाजुराको गाैमुल गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साेही गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया रहेकी छन् । शनिबार भिरबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय प्रसारण लाइन अन्तरगत दिपायल-साँफे बगर ३३ केभिको विजुलीको तार चुटिएपछि मंगलबार रातिदेखि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार राति डोटी जिल्लाको उडितोलामा रुख ढलेर तार चुँडिएपछी बाजुरा र अछाम जिल्लाको विद्तयुत सेवा अवरुद्ध भएकाे हो । तार चुटिएपछी अछाम तथा बाजुरा जिल्ला भर मंगलवार रातिदेखि […]
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुकाे तर्फबाट बहस जारी छ । जसमा दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेकाे थियाे । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको दुई दिन देखि जारी बहस आज सकिएको हो । अब […]
काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ । हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी […]
सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ।ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का […]
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् । ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु […]
काठमाडौं । नेकपा एमालेका नेता कर्ण बहादुर थापाले नेतृत्वलाई ठण्डा दिमागले सोच्न अनुरोध गरेका छन् । एमालेका पूर्वउपाध्यक्ष तथा पूर्व गृहमन्त्री समेत रहेका डा. भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन् । उनले असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल […]