होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ […]
काठमाडौं, १२ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावल सुदूरपश्चिमका पार्टी इञ्चार्ज समेत थिए । एमालेको सुदूरपश्चिम हेर्ने जिम्मेवारी बोकेका रावलले विगतमा एमालेलाई इतिहासकै ठूलो सफलता त्यस क्षेत्रमा दिलाएका थिए । एमालेका आन्तरिक संगठनमा पनि रावलको सुदूरपश्चिममा बलियो पकड रहँदै आयो । त्यसको प्रभाव आज देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले त्रिलोचन भट्ट […]
नेकपा एमालेका पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् । बुधबार बुद्ध जयन्ती एवं उभौली पर्वका अवसरमा शुभकामना दिँदै बुद्धले दिएको सन्देशको पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुशाशित शैली, पीडितहरुको पक्षधरता आदि बुद्ध दर्शनमा आधारित महत्वपूर्ण मन्त्रहरु रहेको […]
धनगढीः सूदूरपश्चिम प्रदेशको नेकपा संसदीय दलको बैठकले सरकारबाट बाहिर नफर्किने निर्णय गरेको छ।संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो। बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा […]
१२ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा कोरोना संक्रमितका लागि दिइएको राहतको पोकोमा ‘नेकपा एमालेको तर्फबाट’ लेखिएको भेटियो । त्यसभित्र एउटा चिठी पनि समावेश छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ सुनसरीमा स्थानीय प्रशासनले राहत वितरणका […]
नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार […]
१२ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य […]
११ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो […]
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए । उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका […]
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई सस्तो बनाएको उल्लेख गरे । २०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधान बनाउने क्रममा आफूले कांग्रेस सभापति […]
सरकारले आउँदो शनिवार आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट ल्याउँदैछ । संसद विघटन भएपछि अध्यादेशबाट बजेट आउनेछ । नेपालको संविधान (२०७२) बनेपछि पहिलो पटक अध्यादेश मार्फत आगामी बजेट सार्वजनिक गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति पनि घोषणा गरिसकेका छन् । यसकारण पनि अबको चुनावमा जसरी पनि जनमत आफ्नो […]
बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री […]
११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका […]
११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपाने सहित ११ जना निष्काशन गरिएका हुन् । निष्काशन गरिएका खनाल, नेपाल […]
१० जेठ, काठमाडौं । सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी […]
काठमाडाौं । नेकपा एमाले खनाल–नेपाल समूहका नेता डा. भिम रावलले प्रधानमन्त्री केपी ओलीले कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गरेको आरोप लगाएका छन् । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेता रावलले ओलीले महन्थ–राजेन्द्रसँग सम्झौता गरेर राष्ट्रको अस्मिता र स्वतन्त्रतामाथि धावा बोल्ने काम गरेको बताए । “प्रधानमन्त्री ओलीले निर्लज्ज भएर राष्ट्रको अस्मिता स्वतन्त्रतासँग जोडिएको विषयलाई आफ्नो कुर्सीसँग सम्झौता […]
गत वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा विभत्स हत्या भएको थियो । मल्ल थरकी ‘प्रेमिका’लाई भगाउन गएका दलित युवक नवराज विश्वकर्मासहित ६ जनाको स्थानीयले लखेटी-लखेटी हत्या गरेको आरोप लागेको छ । नवराजसहित लोकेन्द्र सुनार, सन्जु विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढामगर र गोविन्द शाहीको हत्या गरी भेरी नदीमा फालिएको थियो । हत्यामा […]
१० जेठ, टीकापुर । कोरोना संक्रमण नियन्त्रणका लागि कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि किसानलाई भने समस्या भएको छ । निषेधाज्ञाका कारण वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञा अघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन् […]
१० जेठ, काठमाडौं । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको […]
१० जेठ, काठमाडौं । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए […]